मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

गर्मी भगाउन घरमै बनाउन सकिने पेय पदार्थ

गर्मी भगाउन घरमै बनाउन सकिने पेय पदार्थ

मेगा खबर संवाददाता

२१, भाद्र २०७७
  • 4.4K
    SHARES

  • गर्मी भगाउन घरमै बनाउन सकिने पेय पदार्थ

    काठमाडौं । अहिले गर्मीको मौसम छ । यो मौसममा चिसो पेयको माग उच्च रहन्छ । गर्मीबाट बच्न मानिसहरु विभिन्न प्याकेट र बोतलबन्द चिसो पेय पिउने गर्दछन् ।

    बजारमा पाइने सबै पेय स्वास्थ्यकालागी फाइदाजनक हुदैन । यस्तोमा घरमा सजिलै बनाउन सकिने पेय स्वस्थ्य हुनुका साथै शरीरमा पोषण र उर्जा समेत प्रदान गर्दछ ।

    १। कागती पानीको सर्बत

    गर्मीबाट बच्न र सजिलै घरमा बनाउन सकिने सरल पेय हो, कागती पानीको सर्बत । कागतीमा भिटामिन सी प्रचुर मात्रामा पाइन्छ । जसले शरीरलाई रोगको संक्रमणबाट बचाउनुका साथै शरीरलाई हाइड्रेट राख्दछ । यो गर्मी भगाउने सबैभन्दा उत्तम विकल्प हो ।

    pey.jpg

    २। तरबुजा

    हुनत कोरोना संक्रमणकालमा बजार जानु उपयुक्त हुदैन । तर सम्भव भयो भने तरबुजाको सेवन गर्मीमा अति उपयोगी हुन्छ । ९६ प्रतिशत पानी हुने तरबुजाको जुस शरीर हाइड्रेट राख्न र शितल बनाउन सबैभन्दा राम्रो विकल्प मध्ये एक हो ।

    images.jpg

    ३। नरिवल पानी

    नेपालमा त्यति धेरै नरिवलको पानी पिउने गरिँदैन । तर विदेश तिर गर्मीमा काँचो नरिवलको पानी पिउनेको संख्या उच्च हुन्छ । नरिवल पानीले शरीरमा पानीको मात्रा भरपुर गर्नुको साथै यसमा भएको पोषणले शरीर स्वच्छ र शितल बनाउँछ ।

    1522168256Nariwal..jpeg

    ४। मोही

    प्रायः पहाडीया मुलका नेपालीको घरघरमा सेवन गरिने पेय हो, मोही । दहीलाई मथेर बनाइएको मोही अझै पनि गाउँघरमा गर्मी भगाउन सेवन गर्ने चलन छ । मोही स्वास्थ्यमा समेत लाभदायी हुन्छ । यसमा प्रोटिन, क्याल्सियम लगायतका पोषण पाइन्छ ।

    image.jpg

    ५। पुदीना सर्बत

    गर्मीमा शरीरलाई डिहाइड्रेशनबाट बचाउन पुदीनाको पात हालेर तयार पारिएको सर्बत उपयोगी हुन्छ । यो सर्बत तयार पार्दा पुदीना, चिनी, मह, बिरेनुन र जिरा मिश्रण गरी बनाउनु पर्दछ । यो सर्बतको सेवनले बच्चाहरुमा गर्मीको असर कम गराउँछ ।

    navbharat-times.webp

    आइतवार, भाद्र २१ २०७७०२:२०:५५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार