काठमाडौं, मंसिर २४
मेलम्चीको पानी काठमाडौंमा तेस्रो पटक वितरण भएको छ । पानीको हाहाकार हुने काठमाडौंमा मेलम्चीको पानी वितरण पानी छेलोखेलो हुने आश उपत्यकावासीले गरेका थिए ।

मेलम्चीको पानी वितरण भइसके पनि उपत्यकावासीका सास्ती उस्तै छन् । लामो लाइन लागेर सार्वजनिक धारोहरुमा पानी थाप्ने मानिसहरुको संख्या आज पनि उल्लेख्य देखिन्छ ।

पानी वितरण सुरु भए पनि उपत्यकाका विभिन्न सार्वजनिक धाराहरुमा पानी थाप्न बिहानैदेखि मानिसहरुको भीड छ । पानीको समस्या मेलम्चीको पानी आइसक्दा उस्तै छ । व्यवस्थापनको पाटो राम्रोसँग हुन नसके वर्षा याममा झनै समस्या देखापर्ने निश्चित छ ।


मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।