काठमाडाैँ, पुस १९
नेकपा (एकीकृत समाजवादी) पार्टीका सांसद प्रेमबहादुर आलेमगर र नेपाली कांग्रेसकी सांसद माया राईले आज (मङ्गलबार) पद तथा गोपनीयताको शपथ लिएका छन् ।
गत पुस ७ गते प्रतिनिधि सभाका सदस्यहरूको शपथ ग्रहण समारोहमा आले र राई छुटेका थिए । आले पारिवारिक शोक र राई अस्पताल भर्ना भएकाले पुस ७ गते शपथ लिन सकेका थिएनन् ।
पुस ७ मा शपथ ग्रहण गर्न छुटेका अन्य दुई जना सांसद महिन्द्र राय यादव र रामकुमार राईले पुस ८ गते नै शपथ लिइसकेका छन् ।



मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।