मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

तपाईंको बच्चा पढ्न मन गर्दैन? यी पाँच टिप्स अपनाउनुहोस् !

तपाईंको बच्चा पढ्न मन गर्दैन? यी पाँच टिप्स अपनाउनुहोस् !

मेगा खबर संवाददाता

३०, भाद्र २०८०
  • 925
    SHARES

  • तपाईंको बच्चा पढ्न मन गर्दैन? यी पाँच टिप्स अपनाउनुहोस् !

    काठमाडौं, भदौ ३० गते तपाईंको बच्चा पढ्ने भन्ने बित्तिकै नाइँ नास्ती गर्न थाल्छ,भाग्न थाल्छ भने यसको सबैभन्दा ठुलो कारण घरमा पढाइको वातावरणको अभाव हुन सक्छ । बच्चालाई जति बेला पनि पढ मात्रै भन्ने र घरमा ध्यान भड्काउने तत्त्वहरू धेरै छन् भने तपाईंको यस्तो व्यवहारले बच्चालाई किताबबाट टाढा राख्न सक्छ । यस्तोमा उनीहरूलाई सम्झाउन समस्या हुनसक्छ र उसलाई पढ्न फिटिक्कै मन नलाग्न सक्छ । त्यसैले उनीहरूलाई राम्रो माहौल दिनुहोस् । घरमा शान्तिपूर्ण माहौल बनाउनुहोस् । प्रकाश आउने र शान्त ठाउँमा पढ्ने व्यवस्था मिलाइदिनुहोस् । 

    ममजङ्सनका अनुसार, बच्चालाई प्रशंसा गर्न धेरै जरुरी छ । यदि तपाईंले बच्चाको कमजोरी मात्रै देखाउनुभयो भने उनीहरू उदास हुन्छन् र उनीहरुले मन लगाएर केही पनि काम गर्दैनन् । उनीहरूको स–साना सफलता वा प्रयासका लागि आफ्नो उत्साह देखाउनुहोस् र उनीहरूको प्रशंसा गर्नुहोस् । यस्तो गर्दा उनीहरूलाई प्रयास गर्ने हिम्मत मिल्छ । कति पटक बालबालिका दिनभरि यति थाकेका हुन्छन् कि उनीहरूलाई किताब पढ्ने बेला निद्रा लाग्न थाल्छ । यति बेला उनीहरुले पढिहाले पनि केही पनि बुझ्दैनन् ।

    यस्तोमा उनीहरूलाई पढ्न फिटिक्कै मन लाग्दैन । त्यसैले बालबालिकाले कम्तीमा पनि ८ घण्टाको निद्रा पूरा गर्नुपर्छ । यसो गर्दा उनीहरूको दिमाग पढ्ने बेला सक्रिय हुन्छ र उनीहरुले आफूले पाएको ज्ञानमा रमाउन थाल्छन् । डब्ल्यूएचओका अनुसार योग गर्दा बालबालिकाको पढाइप्रति सकारात्मक असर पर्छ । उनीहरूको मन एकाग्र हुन्छ र उनीहरू राम्रो तरिकाले पढ्न सक्छन् । यति मात्र होइन,उनीहरूको खानेकुराको पनि विशेष ख्याल राखेर तपाईं उनीहरूको पढाइलाई उत्कृष्ट बनाउन सक्नुहुन्छ । बालबालिकालाई जङ्क फुड खानबाट रोक्नुहोस् । उनीहरूलाई स्वस्थ खानेकुरा दिनुहोस् र खेल्ने मौका पनि दिनुहोस् । यसो गर्दा उनीहरूको मानसिक र शारीरिक स्वास्थ्य राम्रो हुनेछ र पढाइमा आफैँ राम्रो गर्न थाल्नेछन् ।

    बालबालिकालाई पढाइको दबाब दिनुको साटो लगातार प्रोत्साहित गर्नुहोस् । बालबालिकालाई लगातार पढ् मात्रै भन्नुहुन्छ भने यसको नकारात्मक असर हुनेछ । 

     

    शनिवार, भाद्र ३० २०८००३:०३:२४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार