मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

आन्दोलनरत शिक्षक कोही सेल्फी खिच्दै, कोही नाचगानमा व्यस्त

आन्दोलनरत शिक्षक कोही सेल्फी खिच्दै, कोही नाचगानमा व्यस्त

मेगा खबर संवाददाता

५, आश्विन २०८०
  • 1.7K
    SHARES

  • आन्दोलनरत शिक्षक कोही सेल्फी खिच्दै, कोही नाचगानमा व्यस्त

    काठमाडौं, असोज ५ गते, शिक्षा विधेयकविरूद्ध आज पनि शिक्षकहरूले आन्दोलन गरेका छन् । उनीहरूले आज पनि काठमाडौंको माइतीघर मण्डलदेखि बानेश्वरसम्म आन्दोलन गरिरहेका छन् ।

    आन्दोलन गर्दै बानेश्वर पुगेका कोही शिक्षकहरू भने नाचगानमा व्यस्त देखिन्छन् । समूह- समूह बनाएर शिक्षकहरू नाच्दै गाउँदै गरिरहेका छन् । शिक्षकहरूको आन्दोलनलाई विद्यार्थी संगठनले पनि ऐक्यवद्धता जनाएको छ । शिक्षकहरूको जायज माग पूरा गर भन्दै उनीहरूले माग गरेका छन् ।

    प्रदर्शनकै क्रममा केही शिक्षकहरु माइतीघर मण्डला र बबरमहलको सडक पेटी र बंगैचामा सुस्ताइरहेका देखिन्छन् । केही सेल्फी खिच्न व्यस्त छन् भने केही सामूहिक छलफल गरिरहेका देखिन्छन् ।

    आज बिहान सरकार र शिक्षक महासंघका प्रतिनिधिबीच वार्ता भएको छ । बैठकमा शिक्षकका जायज मागहरु सम्बोधन हुने गरी वार्तालाई सकेसम्म आजै निष्कर्षमा पुर्‍याउने गरी काम गर्ने विषयमा छलफल भएको बताइएको छ । 

    शुक्रवार, आश्विन ५ २०८००१:५०:३०

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार