मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

बच्चाको दिमाग यसरी तेज हुन्छ ?

बच्चाको दिमाग यसरी तेज हुन्छ ?

मेगा खबर संवाददाता

९, कार्तिक २०८०
  • 1.0K
    SHARES

  • बच्चाको दिमाग यसरी तेज हुन्छ ?

    मानिसको दिमाग उमेरअनुसार फरक-फरक हुन्छ । यसलाई जीवनशैली,खानपान,शारीरिक एवं मानसिक व्यायामले फरक पार्छ ।

    बच्चाहरुको दिमाग जन्मजात राम्रो हुन्छ ?

    कोही पनि बच्चा आमाको पेटबाट नै प्रतिभाशाली भएर आउँदैन । आमाको गर्भमा छँदा बच्चाको शारीरिक र मानसिक विकासमा केही हदसम्म प्रभाव हुन्छ । आमाको खानपान,आनीबानी,जीवनशैलीले गर्भको बच्चामा प्रभाव पारेको हुन्छ । तर गर्भदेखि नै कुनै बच्चा तेज दिमाग लिएर आउने,कोही कमजोर लिएर आउने भन्ने हुँदैन । आमाको पेटदेखि नै बच्चा प्रतिभाशाली भएर आउने होइन ।

    न्युरो विज्ञान अनुसार सबैको दिमाग एउटै हुन्छ । तर पछि उसले अपनाउने जीवनशैली, काम–व्यवहार,अभ्यास–साधनाले दिमागको क्षमता विकास हुने हो । हामी कस्तो ठाउँमा हुर्कन्छौं,कस्तो वातावरण पाउँछौं,कस्तो खानपान गछौं,कस्तो दिनचर्या अपनाउँछौं भन्ने कुराले पनि दिमागको विकासमा प्रभाव पार्छ ।

    दिमागको व्यायाम

    जसरी हामी शारीरिक व्यायाम गर्छौं,त्यसरी नै दिमागको पनि व्यायाम गर्नुपर्छ । हाम्रो स्मरण शक्ति,सोच्ने र बुझ्ने तरिका,निर्णय र विश्लेषण गर्ने क्षमतामा प्रभाव पार्ने भनेको दिमागको व्यायामले पनि हो ।

    सामान्यतया दिमागका नसाहरु आपसमा सम्पर्क गराउन न्युरोन सक्रिय बनाउनु हो । यदि कोही मानिस धेरैजसो सुत्छ,कुनै पनि काममा सक्रिय छैन भने ती मानिसको दिमागको चाल सुस्त हुन्छ । तर यदि कोही मान्छे सक्रिय छ,फूर्तिलो छ,धेरै काम गर्छ, सामाजिक कार्यमा क्रियाशील हुन्छ,खुसी हुन्छ भने मानिसको दिमाग एकदम राम्ररी काम गरिरहेको हुन्छ ।

    तनाव, डिप्रेसन र एन्जाइटी छ भने दिमागको चाल कमजोर हुन्छ ।

    किताब पढ्नु पनि दिमागको व्यायाम

    अहिलेसम्म भएको अनुसन्धान अनुसार किताब पढ्दा दिमागको राम्ररी व्यायाम हुन्छ । जो मानिसले धेरै भन्दा धेरै किताब पढ्छ उसको दिमागको चाललाई एकदम राम्रो बनाउँछ । यसबाहेक भिडियो दिमागी खेल खेल्ने,पजल खेल्ने मानिसको दिमागको व्यायाम राम्रो भइरहेको हुन्छ ।

    टाउको आकार र दिमागको खेल

    मानिसको दिमाग तेज हुनु र नहुनुमा टाउकोको आकारले कुनै फरक पार्दैन । यस्तो हुने हो भने पुरुषको टाउको महिलाको तुलनामा दुई सयदेखि तीन सय ग्रामसम्म बढी हुन्छ । तर के पुरुषहरु तुलनात्मक रुपमा तेज र बढी स्मरण क्षमताका हुन्छन् त ?

    दिमाग तेज हुनु र नहुनुमा दिमागको क्रियाकलापमा भर पर्छ । मान्छेले आफ्नो दिमागलाई कति काम लगाएको छ,कसरी लगाएको छ ? सोही अनुसार उनको दिमागको क्षमता बढ्ने हो ।

    खानपानको पनि भूमिका

    दिमागको क्षमता राम्रो हुनुमा खानपान पनि जोडिएर आउँछ । खासगरी सन्तुलित खानपानले यसमा राम्रो प्रभाव पार्छ । स्वस्थ, सन्तुलित र सुपाच्य खानेकुरा दिमागका लागि पनि जरुरी हुन्छ ।

    म यो कुरा किन भनिरहेको छु भने,धुम्रपान,जाँडरक्सी खाने व्यक्ति र साधारण व्यक्तिको दिमाग हेर्ने हो भने आकाश-पातालको फरक हुन्छ । रक्सी पिउने मानिसको दिमागको स्मरण शक्ति,निर्णय गर्ने क्षमता ह्रास वा कमजोर भइसकेको हुन्छ ।

    बिहिवार, कार्तिक ९ २०८००३:५६:०५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार