मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

भिटामिन डीको कमी हुदाँ देखिनसक्छ यस्ता लक्षण

भिटामिन डीको कमी हुदाँ देखिनसक्छ यस्ता लक्षण

मेगा खबर संवाददाता

१७, बैशाख २०८१
  • 847
    SHARES

  • भिटामिन डीको कमी हुदाँ देखिनसक्छ यस्ता लक्षण

    काठमाडौँ, वैशाख १७ गते, भिटामिन डीलाई सनशाइन भिटामिन’ अथवा घामबाट निःशुल्क पाउने भिटामिन पनि भनिन्छ किनभने घाम भिटामिन डीको सबैभन्दा राम्रो स्रोत हो ।

    व्यस्त जीवनशैली,अफिस वा घरमा कोठाभित्रै बसेर काम गर्ने,घामले डढेर कालो हुन्छु भन्ने डर अथवा वातावरण प्रदूषणका करण मानिसहरू घाममा बस्न डराउँछन् । यस कारण धेरै मानिसहरूमा भिटामिन डी को कमी देखिन थालेको छ । हाम्रो छाला सूर्यको प्रकाशसँग सम्पर्कमा आउँदा भिटामिन डी प्राप्त हुन्छ । जब शरीरमा पर्याप्त मात्रामा भिटामिन डी हुँदैन,तब यससँग सम्बन्धित धेरै समस्याहरू देखा पर्न थाल्छन् । भिटामिन डी शरीरमा पर्याप्त मात्रामा हुनु अति आवश्यक हुन्छ । केही खाद्य वस्तुहरू जस्तै फ्याटी माछा र दुग्धजन्य पदार्थहरूमा भिटामिन डी हुन्छ । भिटामिन डी युक्त खाना खाएर यसको कमीलाई धेरै हदसम्म हटाउन सकिन्छ ।

    भिटामिन डीको कमी तथा लक्षणहरू

    १,मांसपेशी कमजोर महसुस हुनु

    २,थकान तथा कमजोरी महसुस हुनु

    ३,हड्डीसँगै जोर्नी दुखाइ हुनु

    ४,बारम्बार बिरामी हुनु वा संक्रमित हुनु

    ५,आवश्यकभन्दा बढी निद्रा लाग्नु

    ६,डिप्रेसनमा परेको महसुस हुनु

    ७,कपाल झर्नु

    ८,शरीरको तुलनामा टाउकोबाट अत्यधिक पसिना आउनु

    ९,बारम्बार रोगको संक्रमण हुनु

    १०,ढाड दुख्नु

    ११,घाउ छिट्टै निको हुँदैन

    १२,डिप्रेसनको सिकार हुन सक्नुहुन्छ

    १३,सास फेर्न कठिनाइ महसुस हुनु

    भिटामिन डी का स्रोतहरू

    यो पोषक तत्त्व हाम्रो छाला सूर्यको प्रकाशसँग सम्पर्कमा आउँदा बन्छ । भिटामिन डीले रोग प्रतिरोध प्रणालीलाई नियमन गर्न सघाउँछ । दूध,भटमास,ओट,बदाम,फलफूलको जुस,दही,गहुँको पिठो,खाने तेल,सिरिअल,ओट मील र अण्डाजस्ता खानेकुराबाट भिटामिन डी प्राप्त हुन्छ । माछा,रातो मासु,अण्डाको पहेँलो भाग र दुग्धजन्य पदार्थबाट भिटामिन डी प्राप्त हुन्छ ।

    दही

    दहीमा भिटामिन डी पनि राम्रो मात्रामा पाइन्छ । जुन हड्डीका साथै मांसपेशी,पाचन,छाला र पेटसँग सम्बन्धित रोगहरूमा धेरै फाइदाजनक हुन्छ। यसमा प्रोटिन र क्याल्सियमसँगै भिटामिन डी पनि पाइन्छ । दैनिक एक कचौरा दही सेवन गर्नुहोस् ।

    सुन्तला

    भिटामिन डी पाइने फलफूलमा सुन्तला शीर्ष स्थानमा छ । सुन्तला भिटामिन सी र भिटामिन डीुको उत्कृष्ट स्रोत हो। त्यसैले यसलाई पनि आफ्नो आहारको हिस्सा बनाउनुहोस् । यसलाई पूरै खानुका साथै यसको जुस पनि पिउन सकिन्छ ।

    माछा र समुद्री खानेकुरा

    सालमन उच्च गुणस्तरको माछा, दुबला प्रोटिन र ओमेगा–३ फ्याटी एसिडको राम्रो स्रोत हो । साथै यसमा भिटामिन डी पनि प्रशस्त मात्रामा पाइन्छ । च्याउ खानुहोस् ।

    च्याउ भिटामिन डीको एक मात्र शाकाहारी स्रोत हो । यो विश्वव्यापी रूपमा व्यापक रूपमा उपलब्ध छ । घाममा सुकेको च्याउ भिटामिन डीको उत्कृष्ट स्रोत हो । धेरैजसो च्याउमा प्राकृतिक रूपमा भिटामिन डी हुँदैन ।

    भिटामिन डी स्वास्थ्यको लागि किन महत्त्वपूर्ण हुन्छ

    भिटामिन डी शरीरलाई स्वस्थ रहन आवश्यक पर्ने धेरै भिटामिन मध्ये एक हो । यसले रगत र हड्डीमा क्याल्सियमको सन्तुलन कायम राख्न र हड्डीको निर्माण र बलियो राख्न महत्त्वपूर्ण भूमिका खेल्छ । भिटामिन डीले हड्डीको स्वास्थ्य र प्रतिरक्षासहित शरीरका धेरै आवश्यक कार्यहरूमा महत्त्वपूर्ण भूमिका खेल्छ । यसले हड्डीलाई क्षति हुनबाट जोगाउँछ । डिप्रेसन,हृदय रोग,मधुमेह र धेरै पुरानो स्वास्थ्य समस्याहरूबाट सुरक्षा प्रदान गर्दछ । तर यसका लागि चिकित्सकसँग परामर्श लिनुपर्छ । भिटामिन डीको कमीबाट बच्न तपाईं प्रशस्त मात्रामा भिटामिन डी पाइने खानेकुरालाई आफ्नो खानाको दिनचर्यामा समावेश गर्दा फाईदाजनक हुन्छ ।

    शारीरिक तथा मानसिक स्वास्थ्यका लागि भिटामिन अति नै आवश्यक हुन्छ । यहाँ धेरै प्रकारका भिटामिनहरू छन् र तिनीहरूले शरीरको लागि विभिन्न फाइदाहरू गर्छन्। यी मध्ये भिटामिन डी हड्डी र प्रतिरक्षा प्रणाली बलियो बनाउन आवश्यक मानिन्छ । छाला घाममा पर्दा शरीरले भिटामिन डी उत्पादन गर्छ । यसको मतलब दैनिक बिहानको घाममा भिटामिन डी पर्याप्त मात्रामा प्राप्त गर्न सकिन्छ । यदि तपाईं घाममा बस्न सक्नुहुन्न भने केही खानेकुराहरूको सेवन बढाउन सक्नुहुन्छ,जसमा भिटामिन डी पाइन्छ ।

    भिटामिन डी बढी खाँदा के हानी हुन्छ ?

    विज्ञहरू भन्छन् कि भिटामिन डी लामो समयसम्म र धेरै मात्रामा लिँदा स्वास्थ्य सम्बन्धी धेरै हानी हुनसक्छ । वास्तवमा अधिक भिटामिन डीको सेवनले हड्डीमा क्याल्सियमको मात्रा बढाउन सक्छ,जसको कारण हड्डी कमजोर हुन सक्छ र मिर्गौला र हृदयलाई पनि क्षति पुर्‍याउन सक्छ ।

    अधिकांश सार्वजनिक स्वास्थ्य निकायहरूले कम्तीमा १० माइक्रो ग्राम भिटामिन डी प्रत्येक दिन लिनुपर्ने सुझाव दिएका छन् । तर १०० मिलिग्रामभन्दा बढी सेवन गर्नु घातक हुनसक्छ ।

    सोमवार, बैशाख १७ २०८१०२:५७:०७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार