मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

मिर्गौला फेल हुनु अघि शरीरले देखाउँछ यि सङ्केत

मिर्गौला फेल हुनु अघि शरीरले देखाउँछ यि सङ्केत

मेगा खबर संवाददाता

२४, बैशाख २०८१
  • 1.2K
    SHARES

  • मिर्गौला फेल हुनु अघि शरीरले देखाउँछ यि सङ्केत

    काठमाडौं, वैशाख २४ गते,  यसले खास गरेर युरिया,क्रिएटिनिन,एसिड जस्ता विषाक्त पदार्थलाई रगतबाट टाढा राख्ने काम गर्दछ । खानामार्फत विषाक्त पदार्थ मूत्रथैलीमा पुग्छ,यी सारा फोहोर पदार्थ पिसाबसँगै बाहिर निस्कन्छ । तर जब मिर्गौलामा समस्या देखिन थाल्छ,यी खतरनाक चीजहरू रगतमा मिसिन थाल्छन् र हामी बिरामी पर्न थाल्छौँ । मिर्गौला निकै छिटो बिग्रने भएकोले क्रोनिक किड्नी डिजिजलाई साइलेन्ट किलर पनि भनिन्छ । तर मिर्गौला फेल हुनुअघि शरीरमा केही लक्षणहरू देखिन थाल्छ ।  लक्षणहरू यति सामान्य हुन्छ कि यसलाई चिन्नै मुस्किल हुन्छ ।

    मिर्गौला खराब हुने बेलामा देखिने लक्षणहरू

    भोक हराउँछ
    मिर्गौलामा समस्या भएपछि भोक लाग्न छाड्छ । पेट सधैँ भरिएको,डम्म भएको महसुस हुन्छ । जसले गर्दा बिरामीलाई खान मनै लाग्दैन ।

    वाकवाकी लाग्ने र बान्ता हुने
    तपाईंलाई अनावश्यक रूपमा वाकवाकी लागेको महसुस भइरहेको छ र खानेकुरा खाने  बित्तिकै वाकवाकी लाग्छ भने यो पनि मिर्गौलामा समस्याको सङ्केत हुन सक्छ ।

    थकान र कमजोरी
    तपाई जति बेला पनि थकित र कमजोर महसुस गरिरहनु हुन्छ भने यसको एउटा कारण मिर्गौलामा खराबी पनि हुन सक्छ । केही पाइला हिँड्दै खेरि थकाइ लाग्छ र भित्रदेखि कमजोरी महसुस हुन्छ भने यस्ता लक्षणहरूलाई हल्का रूपमा लिनुहुन्न ।

    मानसिक तीक्ष्णतामा कमी
    तपाई सधैँ थकित महसुस गर्नुहुन्छ,मानसिक रूपमा अलर्ट महसुस गर्नु हुन्न । कुनै पनि कुरा सोच्न र बुझ्न कठिनाइ भइरहेको छ भने यो पनि मिर्गौला फेलको लक्षण हुन सक्छ ।

    मांसपेशी बाउँडिने र खुट्टा सुन्निने
    बारम्बार मांसपेशी बाउँडिन्छ र खुट्टा र गोलीगाँठा सुन्निएको छ भने यो पनि मिर्गौला फेल भएको सङ्केत हुन सक्छ ।

    निद्रामा समस्या
    निद्रा गायब हुनु राम्रो कुरा होइन । मिर्गौलाको समस्या भएका मान्छेको निद्रा बिग्रिन्छ । रातभरि ओल्टे कोल्टे फर्किँदै समय बित्छ भने यो पनि मिर्गौलामा समस्याको सङ्केत हुन सक्छ ।

    धेरै वा कम पिसाब आउनु
    सामान्य मानिसले दिनमा ६ देखि ७ पटक पिसाब गर्छन् । तर तपाई यो भन्दा धेरै पटक पिसाब गर्नुहुन्छ वा दिनमा ३ देखि ४ पटक मात्रै पिसाब आउँछ भने यो पनि मिर्गौला फेल हुने लक्षण हुन सक्छ ।

    अन्य लक्षणहरू
    यसबाहेक टाटे पाङ्ग्रे देखिने गरिने छाला सुख्खा हुनु,उच्च रक्तचाप नियन्त्रण गर्न समस्या हुनु,सास फेर्न गाह्रो हुने,छाती दुखाई महसुस हुनु आदि पनि मिर्गौला फेल हुनुअघिका लक्षणहरू हुन सक्छन् ।

    सोमवार, बैशाख २४ २०८१०२:२४:१२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार