काठमाडौँ, राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज बिहान सार्वजनिक हुने भएको छ । बोर्डका अध्यक्ष डाक्टर महाश्रम शर्माले आज बिहान ९ बजे नतिजा सार्वजनिक गरिने बताए ।
बिहान ७ बजे बोर्डको बैठक बस्ने अध्यक्ष शर्माले बताए । बोर्डले बुधबार नतिजा सार्वजनिक गर्ने तयारी गरेको थियो । तर,केही प्राविधिक तयारी नपुगेको भन्दै बोर्डले आज सार्वजनिक गर्न लागेको हो । गत चैतमा सञ्चालन भएको शैक्षिक सत्र २०८० को एसईई परीक्षामा देशभरबाट ४ लाख ९१ हजार ४९७ परीक्षार्थी सहभागी भएका थिए ।
बोर्डले यो वर्षदेखि लेटर ग्रेडिङ निर्देशिका,२०७८ अनुसार नतिजा सार्वजनिक गर्न लागेको हो । जसमा सैद्धान्तिक र आन्तरिकको मूल्याङ्कन फरक–फरक रूपमा गर्ने व्यवस्था छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।