कहिले नग्न तस्विर त कहिले भारतीय क्रिेकट टीमले जिते नाङ्गै हिँड्ने अभिव्यक्ति दिने भारतीय मोडल एवं अभिनेत्री पुनम पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ ।
लकडाउनका बीच केहि साथीहरुलाई लिएर घुम्न निस्केकी उनलाई लकडाउन उल्लंघन उल्लंघन गरेको भन्दै मुम्बई प्रहरीले आईतबार पक्राउ गरेको हो ।
कारमा आफ्ना साथीहरुसँग घुमिरहेकी उनलाई उनका साथी सेम अहमदसहित पक्राउ गरिएको र उनीहरुलाई मरिन ड्राइभ क्षेत्रको पाँच तारे होटल बाहिरबाट पक्राउ गरिएको हो ।
सरकारी आदेश उल्लंघनको आरोपमा प्रक्राउ परेकी उनलाई सोमबार अदालत पेश गरिने भएको छ भने उनको कार कार पनि प्रहरीले जफत गरेको छ । एजेन्सी