मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :
कोरोना संक्रमण अपडेट

धनुषामा थप दुुई जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २१९ पुग्यो

धनुषामा थप दुुई जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २१९ पुग्यो

मेगा खबर संवाददाता

३१, बैशाख २०७७
  • 2.1K
    SHARES

  • धनुषामा थप दुुई जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २१९ पुग्यो

    काठमाडौं । धनुषामा आज २ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको जम्मा संख्या २१९ पुगेको हो । 

    धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले मिथिला नगरपालिकाका २ महिलामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

    मंगलवार मात्रै जनकपुरका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । ति मध्ये एक पत्रकार तथा अर्का पुस्तक व्यापारी रहेको बताईएको थियो । प्रदेश नम्बर २ मा कोरोना संक्रमित हटस्पट बनेको छ । प्रदेश २ का पर्सा, बारा, धनुषा, रौतहट, महोत्तरी, सप्तरी र सर्लाहीमा कोरोना संक्रमित फेला परिसकेका छन् ।

    मंगलवार मात्रै नेपालमा एकैपटक ८३ जना नयाँ कोरोना संक्रमित थपिएका थिए । एकैदिन यति धेरैको संख्यामा कोरोना संक्रमित थपिएपछि लकडाउनमा थप कडाई गरिएको थियो ।

    बुधवार, बैशाख ३१ २०७७०८:५२:५९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार