जबरजस्ती करणी गरेको आरोपमा जनकपुरधामका एक चिकित्सकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्रादेशिक अस्पताल जनकपुरधामका चिकित्सक रहेका छन् । फिजियो थेरापी डा. राजेश मण्डललाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिएका छन ।
आफूलाई पटक–पटक जबरजस्ती करणी गरेको झापा घर भएकी एक २८ वर्षीया महिलले वैशाख २७ गते जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिएपछि उनलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक कार्कीले बताए ।
डा. मण्डलले विभिन्न समयमा अस्पताल बाहिर विभिन्न स्थानमा लगेर आफूलाई बलात्कार गरेको महिलाले निवेदनमा उल्लेख गरेको प्रहरीको भनाइ छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।