नेपाल इन्जिनियर्स एसोसिएसन तथा सिन्धु इन्जिनियरिङ समाजबाट बलेफी गाउँपालिका वडा नं.१ जलविरे स्वास्थ्य चौकीलाई कोरोना भाइरस परिक्षणकालागि स्बाब कलेक्सन बुथ तथा किटहरु हस्तान्तरण गरेको छ । उक्त कार्यको लागि बलेफी गाउँपालिकाका अध्यक्ष केदार छेत्री, उपाध्यक्ष कमला कायस्थ श्रेष्ठ तथा वडा अध्यक्ष मधु बहादुर थापाले समन्वय गर्नुभएको थियो ।
उक्त स्वास्थ्य सामाग्री डाक्टरहरुको स्वास्थ्य सुरक्षाको लागि प्रदान गरिएको र PCR टेस्टकालागि कोरोना शंकास्पद ब्यक्तिहरुको स्वाब सङ्कलन गरी थप परिक्षणकालागि टेकु पठाउन सहज हुने इन्जिनियर बासुदेब नेपालले जानकारी दिनुभयो ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।