मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

अति नै थकाई लागेको छ ? यी चिज गर्नुस्

अति नै थकाई लागेको छ ? यी चिज गर्नुस्

मेगा खबर संवाददाता

१३, बैशाख २०८२
  • 781
    SHARES

  • अति नै थकाई लागेको छ ? यी चिज गर्नुस्

    काठमाडौँ, दिनभरिको व्यस्तता र कामको दबाब पछि, जब शरीर र मन दुवै थकित महसुस गर्न थाल्छ, तब काम गर्न मन लाग्दैन र ऊर्जा सकिएको जस्तो लाग्न थाल्छ । 

    लामो सास लिनुहोस् र शरीर तन्काउनुहोस्


    जब तपाईँ धेरै थकित महसुस गर्नुहुन्छ,सबैभन्दा पहिले आफ्नो श्वासप्रश्वासमा ध्यान केन्द्रित गर्नुहोस् । लामो सास फेर्दाले शरीरमा अक्सिजनको आपूर्ति बढ्छ र ताजा महसुस गराउँछ । ५–१० मिनेटसम्म गहिरो सास लिनुहोस् । केही स्ट्रेचिङ पनि गर्नुहोस्, विशेष गरी घाँटी,ढाड र काँधको । यसले तपाईँलाई तुरुन्तै ताजा महसुस गराउनेछ ।

    पानी पिउने अनि हल्का खाजा खाने
    शरीरमा पानीको कमी (डिहाइड्रेसन) थकानको प्रमुख कारण हुन सक्छ । यदि तपाईँ थकित महसुस गर्दै हुनुहुन्छ भने,तुरुन्तै एक गिलास पानी पिउनुहोस् र केही हल्का तर स्वास्थ्यकर खाजा खानुहोस् । नरिवल पानी वा कागती पानी पिउनु राम्रो हुन्छ । बदाम, ओखर वा डार्क चकलेट खाँदा पर्नि तुरुन्तै ऊर्जा मिल्छ ।

    केही बेर टहल्ने वा ताजा हावामा बस्ने

    लामो समयदेखि बसेर काम गरिरहनुभएको छ र शरीर थकित महसुस भइरहेको छ भने,आफ्नो कुर्सीबाट उठ्नुहोस् र केही मिनेट हिँडडुल गर्नुहोस् । खुला हावामा जानुहोस् । बाहिरी वातावरण महसुस गर्नुहोस् । हल्का घाममा केही समय बिताउँदा पनि हुन्छ ।

    चिसो पानीले आफ्नो अनुहार धुने वा खल्ल नुहाउने

    चिसो पानीले अनुहार धुँदा ताजापनको अनुभूति हुन्छ र निद्रा वा आलस्य हट्छ । सम्भव भएमा खललल नुहाउन पनि सकिन्छ । चिसो पानीले अनुहार धुँदा तुरुन्तै ताजा महसुस गर्न सकिन्छ । नुहाउँदा शरीरलाई आराम मिल्छ र नयाँ ऊर्जाको अनुभूति हुन्छ ।

    गीत सुन्ने

    कहिलेकाहीँ मानसिक थकान गम्भीर हुन्छ र दिमागलाई विश्राम चाहिन्छ । यसका लागि, आफूलाई मनपर्ने गीत सुन्नुहोस् वा ५–१० मिनेटको लागि कुनै रमाइलो कुरामा आफूलाई व्यस्त राख्नुहोस् । कुनै प्रेरक वा ऊर्जावान् गीत सुन्नुहोस् । कमेडी भिडियोहरू हेर्नुहोस् । नभएर कुनै राम्रो किताब पढ्न पनि सकिन्छ ।

    शनिवार, बैशाख १३ २०८२०१:०३:३४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार