रक्तअल्पताको समस्या सामान्यतया बालबालिका, महिला, गर्भवती तथा सुत्केरी आमाहरूमा बढी मात्रामा देखा पर्दछ।
रक्तअल्पताका कारणहरू
– खानामा फलाम तत्त्व (आइरन) को कमी भएमा।
– पेटमा परजीवी वा जीवाणुको संक्रमण भएमा (अंकुशे जुकाले आन्द्रामा बसेर रगत चुसेमा)
– गर्भवती अवस्थामा पौष्टिक तत्त्वको कमी भएमा ।
– बच्चाहरूमा पौष्टिक तत्त्वको कमी भएमा ।
– बढ्दो उमेरका बालबालिकामा पोषणको कमी भएमा ।
रक्तअल्पताका लक्षणहरू
– जिब्रो, ओठको भित्री भाग, आँखा र नङ फुस्रो देखिन्छन—गर्भवती र दूध खुवाउने महिलाहरूमा काम गर्न जाँगर नलाग्ने, चाँडै थाक्ने, रिंगटा लाग्ने, दुब्लाउँदै जाने हुन्छ ।
– स्याँ—स्याँ भएर श्वास फेर्न गाह्रो हुन्छ ।
– साना केटाकेटीहरूले माटो खाने गर्छन् ।
के छ, उपाय ?
– कलेजो, माछा, मासु, अण्डा, अन्न, दाल, गेडागुडी प्रशस्त मात्रामा उपभोग गर्नु पर्छ ।
– भिटामिन सीयुक्त खाना जस्तैःअमला,अम्बा,कागती,सुन्तला,सागपात खानुपर्छ ।
– डाक्टरको परामर्शमा नियमित रूपमा फलाम चक्की (आइरन ट्याब्लेट) खानुपर्छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।