मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

गर्भ निरोधक चक्कीले बढ्छ यस्ता खतरा !

गर्भ निरोधक चक्कीले बढ्छ यस्ता खतरा !

  • 1.0K
    SHARES

  • गर्भ निरोधक चक्कीले बढ्छ यस्ता खतरा !

    काठमाडौँ, गर्भधारण रोक्न महिलाहरूले गर्भ निरोधक चक्कीको सेवन गर्छन् । कयौँले त डाक्टरसँग परामर्श नगरी यी चक्कीहरू सेवन गरिरहेका हुन्छन् । 

    यी चक्कीहरू २४ घण्टा भित्र खानु राम्रो हुन्छ । तर ७२ घण्टा भित्र सेवन गर्दा पनि गर्भावस्था रोक्न सकिन्छ । तर यस्ता चक्कीको अत्यधिक सेवनले हार्माेनल असन्तुलन,अनियमित महिनावारीका साथै एक्टोपिक गर्भावस्थाको जोखिम बढाउने विज्ञहरू बताउँछन् ।  डेनर्मामा गरिएको एउटा बृहत् अध्ययनले केही हार्माेनल गर्भ निरोधक चक्कीहरूले स्ट्रोक र हृदयाघातको जोखिम बढाउन सक्ने पत्ता लगाएको छ । विश्वभर करिब २५ करोड महिलाले हार्माेनल गर्भ निरोधक प्रयोग गर्ने कुरा पनि अध्ययनमा भनिएको थियो । 

    अध्ययनमा, १५ देखि ४९ वर्ष उमेरका २० लाखभन्दा बढी डेनिस महिलाहरूलाई २५ वर्षसम्म ट्र्याक गरिएको थियो । अध्ययनमा समावेश गरिएका गर्भ निरोधक चक्कीहरूमा एस्ट्रोजेन–प्रोजेस्टिन चक्कीहरू,भजाइनल रिंग्स,प्याच,प्रोजेस्टिन–अन्ली चक्की, इन्ट्रायूटरिन उपकरणहरू (आईयूडी) र इन्ट्रामस्कुलर इंजेक्शन आदिलाई समावेश गरिएको थियो । 

    यस्ता छन् अध्ययनमा पत्ता लागेका 

    –एस्ट्रोजेन–प्रोजेस्टिन संयोजन गर्भ निरोधक चक्की लिने महिलाहरूमा स्ट्रोकको जोखिम २ दशमलव ४ गुणा र हृदयाघातको जोखिम ३ दशमलव ८ गुणा बढेको पाइयो । 

    –प्रोजेस्टिन–अन्ली चक्की र इम्प्लान्टले पनि जोखिम बढाउँछ,तर संयुक्त चक्कीहरू भन्दा कम । 

    –भजाइनल रिंग्स र स्किन प्याचले पनि जोखिम बढाउँछ । 

    –लेभोनोर्जेस्ट्रेल–रिलीजिङ इन्ट्रायूटरिन डिभाइस (आईयूडी) एक मात्र गर्भ निरोधक थियो जुन प्रयोगको अवधिलाई ध्यान नदिई बढ्दो जोखिमसँग सम्बन्धित थिएन । 

     

    बिहिवार, जेठ ९ २०८२०७:२३:५४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार