मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

शैक्षिक अन्यौलता न्यूनिकरणका लागि जुगल गाँउपालिकामा अन्तरक्रिया

शैक्षिक अन्यौलता न्यूनिकरणका लागि जुगल गाँउपालिकामा अन्तरक्रिया

  • 3.3K
    SHARES

  • शैक्षिक अन्यौलता न्यूनिकरणका लागि जुगल गाँउपालिकामा  अन्तरक्रिया

    महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण देशभर शैक्षिकक्षेत्र तहसनहस भइरहेको अवस्थामा सिन्धुपाल्चोकको जुगल गाँउपालिकाले विद्यालयका प्रधानाध्यापक तथा जनप्रतिनिधिहरु सम्मिलित बैठक आयोजना गरी शैक्षिक क्षेत्रको अन्योलता न्यूनिकरण गर्ने विषयमा छलफल गरेको छ ।

    जुगल गाउँपालिकाका अध्यक्ष होम नारायण श्रेष्ठ, सोहि गाँउपालिका वडा नं. ५ का वडा अध्यक्ष सनत अधिकारी, जुगल गाउँपालिका शिक्षण महासंघका अध्यक्ष कृष्ण घिमिरे, योजना अधिकृत रामबाबु नेपाल र शिक्षा शाखाका गोपाल शिलवाल लगाएत सम्बन्धित सरोकारावलाहरुको उपस्थितिमा बसेको बैठकले हालको महामारी, शैक्षिक क्षेत्रको अन्योलता र विद्यार्थीहरुमा पर्न सक्ने नकारात्मक प्रभावलाई मध्यनजर गरी अभिभावकहरुसँग सहकार्य गर्ने लगाएतका विषयमा छलफल गरिएको थियो ।

    विद्यार्थीहरुलाई घरमै बसि स्वःअध्ययनका लागि सहजिकरण एंवम शैक्षिक वातावरण सृजना गर्न अभिभावकहरुसँग सहकार्य गर्ने लगाएतका समसामयिक विषयमा छलफल गरिएको थियो ।

    नेपालमा संक्रमण फैलिदै गएकाले सुरक्षित बसाइ, सामाजिक दुरी कायम गर्ने, साबुन पानीले हात धुने र आफ्नो दैनिकिमा सहजता ल्याउन र विद्यार्थीहरुलाई आफ्नो कार्य नियमित घरैमा गराउन सहजिकरण गर्ने निर्णय गरिएको गाँउपालिका शिक्षण महासंघका अध्यक्ष कृष्ण घिमिरले जानकारी दिएका छन् ।

    लकडाउन पछि आज पहिलो पटक जुगल गाउँपालिका अन्तरगतका प्रधानाध्यापहरु बीच निश्चित दुरी कायम राखी सुरक्षा विधि अपनाइ अन्तरक्रिया गरियो । कोभिड-१९ महामारी र यसबाट सिर्जित परिस्थितीका विचमा बिद्यालय शिक्षालाई पुरानै अवस्थामा निरन्तरता दिन असम्भव छ । यस्तो अवस्थामा अभिभावकहरुको सहयोगमा बालबालिकालाई घरमै गराउन सकिने सिकाइ क्रियाकलापलाई सहजिकरण गर्ने निर्णय गएिको छ ।

    जुगल गाउँपालिकाद्धारा तयार गरिएको स्थानीय पाठ्यक्रम हाम्रो जुगल तथा Education Cluster को सहयोगमा शिक्षा तथा मानव स्रोत विकास केन्द्रद्धारा तयार गरिएको सामाग्रीहरु प्रयोग गरि हालको शिक्षण सिकाइ क्रियाकलाप संबन्धि ग्यापलाई न्युनिकरण गर्ने,अभिभावक, शिक्षक र विद्यार्थी विच समन्वय गरि सिकाइ क्रियाकलाप गर्न पालिका स्तरीय १ र प्रत्येक वडामा १/१ वटा गरि वडा स्तरीय ७ वटा समन्वय समिति गठन गरि अध्ययन तथा सिकाइ सामाग्री अर्को हप्ता विद्यार्थीको हातमा पुरयाउने निर्णय गएिको छ ।

    अभिभावकहरुको सहभागितामा सिकाइ क्रियाकलाप अघि बढाइने, शिक्षकले सहजिकरण गर्ने र समितिहरुले समन्वय गर्ने, नियमित पुस्तक वितरण गरिएको बाँकी रहेको स्थानमा पनि अविलम्व गर्ने, यसबाट वालवालिकाहरुको दैनिक क्रियाकलापमा सकारात्मका सुधार ल्याउनेछ, बालबालिकाको सर्वाङ्गिण विकासमा अभिभावकहरुको सहभागितामुलक व्यवहारको लागि वातावरण तयार हुने छ ।

    महामारी बिरुद्धको अभियानमा व्यवहारिक शिक्षाको साथै मनोसामाजिक सुस्वास्थ्य कायम हुने विश्वास लिइएको छ । बिद्यालय शिक्षालाई पढ्ने र पढाउने मात्र नभइ परिवार, अभिाभावकको सहयोगमा सिक्ने, सिकाउने र जीवनपद्धतीसंग जोड्ने छ ।

    बिहिवार, जेठ १ २०७७०४:१९:१८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार