काठमाडौँ, नेपाल शिक्षक महासङ्घ र शिक्षा मन्त्रालयबिच कुरा नमिल्दा विद्यालय शिक्षा विधेयक अड्किएको छ ।
आज शिक्षा समिति बैठकमा विधेयक पास गर्ने तयारी थियो । तर,विधेयकमा महासङ्घले असहमति जनाएपछि विधेयक अड्किएको हो । विधेयकमा अस्थायी,करार तथा राहत शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गराउने विषयमा महासङ्घले आपत्ति जनाएको हो । विधेयकमा ६० प्रतिशत आन्तरिक र ४० प्रतिशत खुला प्रतिस्पर्धाबाट स्थायी गराउने सहमति जुटेको छ । तर,महासङ्घले ७५–२५ हुनुपर्ने माग राख्दै आएको छ ।
आज दिउँसो शिक्षामन्त्री रघुजी पन्तले ६०–४० मा सहमति जनाउन शिक्षकहरूलाई अनुरोध गरेका थिए । तर,महासङ्घ विगतमा भएको सहमति विपरीत जान नसकिने बताएका थिए । महासङ्घका महासचिव तुलाबहादुर थापाले शिक्षामन्त्रीले ६०–४० मा सहमत हुन आग्रह गरेको बताए ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।