काठमाडौँ, कुमारीगाल,चाबहिलमा अवस्थित इलिक्सर एकेडेमीले संस्कार सहितको शिक्षालाई विशेष महत्व दिएको छ ।
स्थापनाकाल देखि नै विद्यार्थीको सर्वाङ्गिण विकासलाई ध्यानमा राख्दै आफ्ना क्रियाकलाप सञ्चालन गरिरहेको विद्यालयका प्रिन्सिपल रविन दाहाल,सर्वोत्कृष्टताको निरन्तरता हुनुमा“एउटा ओदानका तीनवटा खुट्टा” जस्तै अभिभावकविद्यार्थी र विद्यालय बीचको पारस्परिक सहयोग नै रहेको धारणा व्यक्त गर्दछन् ।
वि.सं. २०६७ सालदेखि उत्कृष्ट नतिजा प्राप्त गर्दै आएको यस विद्यालयले वि.सं. २०८१ सालमा उच्च सफलता हासिल गरेको छ । यसअघि २०७८ सालको एसईई परीक्षामा पनि काठमाडौँ जिल्लामा प्रथम भई काठमाडौँ महानगरपालिकाबाट नगद पुरस्कार सहित“सर्वोत्कृष्ट विद्यालय पुरस्कार”ले पुरस्कृत भएको थियो । त्यस्तै २०८० सालको एसईई परीक्षामा समेत काठमाडौँ जिल्ला प्रथम भई प्याबसन काठमाडौँद्वारा “उत्कृष्ट विद्यालय सम्मान २०८०” ले सम्मानित भएको थियो ।
राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको २०८१ सालको माध्यमिकशिक्षा परीक्षा एसईईको नतिजा अनुसार यस वर्ष इलिक्सर एकेडेमीबाट एसईई सहभागी ३८ जना विद्यार्थीहरूमध्ये १८ जनाले ४ जिपिएसहित सतप्रतिशत विद्यार्थीले ३.७३ भन्दामाथिअङ्क प्राप्त गर्न सफल भएका छन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।