काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लगानी, पूर्वाधार र राेजगार दृष्टिकाेण एवं दिगाे परियाेजना केन्द्रित विशेष समिति गठन गरेकाे छ।
लगानी,पुर्वाधार र रोजगारको क्षेत्रमा तत्कालीन रूपमा सुझाव एवं दीर्घकालीन रूपमा दूरगामी कार्ययोजना साथ कार्य गर्न सम्बन्धित क्षेत्रका पार्टी निकट उद्यमीहरूको विशेष समिति गठन गरेकाे प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। 'जिम्मेवार प्रतिपक्षसँग प्रश्न मात्रै होइन देशका लागि रचनात्मक योगदानको कर्तव्य पनि हुन्छ,' उनले भने, 'लगानी,पूर्वाधार र रोजगारको क्षेत्रमा तत्कालीन रूपमा सुझाव एवं दीर्घकालीन रूपमा दूरगामी कार्ययोजना साथ कार्य गर्न सभापतिज्यूले विशेष समिति गठन गर्नुभएकाे हाे।'
अर्बपति उद्याेगी विनाेद चाैधरीसमितिकाे संयाेजकत्वमा १५ सदस्यीय समिति गठन भएकाे हाे। सदस्यहरूमा दीपक खड्का, उमेश श्रेष्ठ, इन्द्र बानियाँ, टेकबहादुर गुरूङ, कर्मा घले, जीपछिरिङ लामा, छत्र गिरी, सूर्यबहादुर केसी, माेहन आचार्य, तेजुलाल चाैधरी, अनिल रूङ्गटा, विष्णुबहादुर खड्का, पूर्णबहादुर तामाङ, खगेश्वर बाेहाेरा रहेका छन्।
समितिले के काम गर्ने भन्नेबारे कांग्रेस मुख्यालयका मुख्यसचिव कृष्णप्रसाद पाैडेलले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ। 'तत्काल काेराेनाका कारणा नेपालकाे लगानी, पूवार्धार र राेजगारकाे क्षेत्रमा परेकाे असरलाइ तत्कालीन र दूरगामी रूपमा सम्बाेधन गर्न सकिने नीतिबारे आवश्यक अध्ययनपश्चात अर्थतन्त्र केन्द्रीत विशेष समितिलाइ सुझाव दिनेछ' विज्ञप्तिमा भनिएकाे छ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।