मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै

आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै

मेगा खबर संवाददाता

२९, आषाढ २०८२
  • 928
    SHARES

  • आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै

    काठमाडौँ, नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२ औँ जन्म जयन्ती आज देश तथा विदेशमा विविध कार्यक्रम आयोजना गरी श्रद्धापूर्वक मनाइँदै छ ।

    नेपाली भाषामा पहिलोपटक रामायण अनुवाद गरेर आम नेपालीलाई धर्म,संस्कृति र साहित्यमा पहुँच दिलाएका भानुभक्तको योगदान स्मरण गर्दै विभिन्न स्थानमा विविध कार्यक्रम गरी मनाउन लागिएको हो । 

    विसं १८७१ साल असार २९ गते तनहुँ जिल्लाको चुँदीरम्घा गाउँमा जन्मिएका भानुभक्तलाई एक सामान्य घाँसीको प्रेरणाले रामायण नेपालीमा अनुवाद गर्न उत्प्रेरित गरेको इतिहास प्रसिद्ध छ ।

    आइतवार, आषाढ २९ २०८२०६:४९:१७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार