मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

विद्यार्थी संगठनको तोडफोड र धम्कीका कारण, त्रिविले सुरक्षाका लागि सरकार गुहारे

विद्यार्थी संगठनको तोडफोड र धम्कीका कारण, त्रिविले सुरक्षाका लागि सरकार गुहारे

मेगा खबर संवाददाता

२८, श्रावण २०८२
  • 508
    SHARES

  • विद्यार्थी संगठनको तोडफोड र धम्कीका कारण, त्रिविले सुरक्षाका लागि सरकार गुहारे

    काठमाडौं, त्रिभुवन विश्वविद्यालयले सरकारसँग सुरक्षा माग गरेको छ । विद्यार्थी संगठनको तोडफोड र धम्कीका कारण असुरक्षित भएको भन्दै त्रिविले सुरक्षाका लागि सरकार गुहारेको हो ।

    त्रिविले सुरक्षित वातावरणमा हिँड्न र कार्यालयमा बसेर काम गर्न सुरक्षाको प्रबन्ध गर्न सरकारलाई भनेको छ । त्रिविका एक अधिकारीले भने,जिल्ला प्रशासन कार्यालयमा पत्र पनि पठाएका छौंँ,। उनका अनुसार सुरक्षाको लागि गृहमन्त्री रमेश लेखक र शिक्षामन्त्री रघुजी पन्तलाई पनि सुरक्षाको प्रबन्ध मिलाइदिन भनिएको छ ।

    सोमबार अखिल क्रान्तिकारीले शुल्क घटाउनु पर्ने भन्दै रजिस्ट्रार कार्यालय र रेक्टर कार्यालय तोडफोड गरेको थियो । सो क्रममा प्रहरीसँग झडप हुँदा केही विद्यार्थीहरु घाइते भएका थिए ।

      

    मंगलवार, श्रावण २८ २०८२०१:३५:४५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार