काठमाडौँ, पत्रिकामा राखिएको खानेकुरा खानुले शरीरमा विष जस्तै काम गर्न सक्छ र क्यान्सर जस्ता गम्भीर रोगहरू समेत निम्त्याउन सक्छ भनेर हालै विज्ञहरूले चेतावनी दिएका थिए । पत्रिकामा खानेकुरा राख्दा शरीरलाई के हानि हुन्छ र क्यान्सर बाहेक यसबाट कस्ता रोगहरू निम्त्याउन सक्छन् ।
विज्ञहरू के भन्छन्?
पत्रिका छाप्न प्रयोग गरिने मसी हानिकारक हुन्छ । यो हाम्रो शरीरमा गएमा यसले कोषहरू,डीएनए र रगतलाई पनि क्षति पुर्याउँछ भनेर मुटु विशेषज्ञ डा.बिमल छाजेड भन्छन् । विशेष गरी जब हामी कुनै तातो खानेकुरा पत्रिकामा राख्छौँ र त्यसलाई खान्छौँ तब यसको साइड इफेक्ट सबैभन्दा बढी हुन्छ । तातो तेलमा तारेको खानेकुरा पत्रिकामा जाने बित्तिकै,यो यसको रसायनहरूसँग मिसिन्छ र त्यसपछि सक्रिय भएर यसले शरीरलाई छिटो हानि पुर्याउँछ ।
भारतको खाद्य तथा स्वास्थ्य नियामक एफएसएसएआईले समेत यसरी पत्रिकामा पोको पारेको खानेकुरा सेवन नगर्न चेतावनी दिएको छ । पत्रिका छाप्न प्रयोग हुने मसीमा सिसा, क्याडमियम,खनिज तेल र सुगन्धित हाइड्रोकार्बन नामक तत्त्वहरू हुन्छन्, जसलाई बायोकेमिकल भनिन्छ । तातो तेलमा तारिएको खानेकुरामा भएका तेल र यो एकअर्काको सम्पर्कमा आउँछन्,तब नयाँ ब्याक्टेरिया उत्पादन हुन्छन् । यसले क्यान्सर निम्त्याउँछन् ।
पत्रिकामा बेरेको खानेकुरा खाँदा क्यान्सर त हुन्छ नै । यस बाहेक मिर्गौला र कलेजोमा क्षति,फोक्सोको सङ्क्रमण जस्ता धेरै रोगहरू पनि हुन सक्छन् । यस्तो खाना खाँदा पेटको क्यान्सरको सम्भावना बढ्छ । यसले ल्युकेमिया निम्त्याउन सक्छ । पत्रिकामा धेरै प्रकारका फंगल ब्याक्टेरिया र धुलो पनि हुन्छ,जसले श्वासप्रश्वास रोग,दम र हृदयाघातको सम्भावना बढाउँछ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।