काठमाडौँ, राम्रो निद्राले हाम्रो मुड, ऊर्जा र सोच्ने अनि बुझ्ने क्षमतामा सुधार ल्याउँछ । तर निद्राको कमीले बिस्तारै हाम्रो स्वास्थ्यलाई नराम्रो असर गर्न थाल्छ । निद्रा पूरा भएन भने थकान महसुस भइरहन्छ । यसबाहेक हाम्रो शरीरले धेरै तरिकाले उचित आराम नपाएको सङ्केत दिइरहेका हुन्छन् । तर हामी प्रायः यी सङ्केतहरूलाई बेवास्ता गर्छौ । भविष्यमा ठूला समस्याहरूबाट बच्ने हो भने यस्ता सङ्केतलाई बेवास्ता गर्नु हुन्न ।
राम्रो निद्राले शरीरलाई ऊर्जा दिनुको साथै प्रतिरक्षा प्रणालीलाई बलियो बनाउन र मानसिक सन्तुलन कायम राख्न पनि मद्दत गर्छ ।
राम्रोसँग ननिदाउँदा शरीरमा देखिने संकेतहरूः
- दिनभरि थाकेको जस्तो महसुस हुन्छ,आलस्य भइरहन्छ र कुनै पनि काम गर्न मन लाग्दैन भने,यो निद्राको कमीको सङ्केत हुन सक्छ ।
- पर्याप्त निदाउन सकिएन भने मुड स्विङको समस्या हुन्छ । सधैँ चिडचिड वा बेचैन महसुस भइरहन्छ ।
-निद्राको कमी भएर शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन सक्छ । यस्तो अवस्थामा,बारम्बार बिरामी परिन्छ । छिटै नै - चिसो लाग्ने, खोकीले समाइहाल्ने, फ्लू र ज्वरो आउने हुन सक्छ । तपाईँलाई पनि यस्तो भइरहेको छ भने,बुझ्नुस् तपाईँलाई पर्याप्त निद्राको खाँचो छ ।
-निद्राको कमीले मस्तिष्कमा नकारात्मक असर पार्छ । स्मरणशक्ति कमजोर हुन सक्छ । ध्यान केन्द्रित गर्न कठिनाइ हुन सक्छ । -तपाईँले स–साना कुराहरू बिर्स थाल्नुभयो भने यो निद्राको कमीको सङ्केत पनि हुन सक्छ ।
-निद्राको कमीले भोकलाई पनि असर गर्छ । या त बारम्बार भोक लाग्छ कि खाने इच्छा नै हराएर जानेछ ।
यी उपायहरू अपनाएर राम्रो निद्रा लिन सक्नु हुन्छ:
- ध्यान गर्नुहोस् ।
- कसरत गर्नुहोस् ।
- राति सुत्दा कोठाको बत्ती मधुरो राख्नुहोस् ।
- सुत्नुअघि चिया वा कफी पिउन बन्द गर्नुहोस् ।
- सुत्नुभन्दा कम्तीमा एक घण्टा अगाडि नै मोबाइल वा उपकरणको प्रयोग बन्द गर्नुहोस् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।