मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

शाकाहारीको दशैं: यसरी बनाउनुहाेस् स्वादिलो आलु

शाकाहारीको दशैं: यसरी बनाउनुहाेस् स्वादिलो आलु

शान्ता आचार्य

८, कार्तिक २०७७
  • 3.4K
    SHARES

  • शाकाहारीको दशैं: यसरी बनाउनुहाेस् स्वादिलो आलु


     आलु दमका लागि चाहिने सामाग्रीः  

    पानीमा उमालेको साना साना आलु ५०० ग्राम, प्याज, ३–४ कप दही, ४ वटा गोलभेँडा, मसला आधा चम्चा, रातो धुलो खुर्सानी १ चम्चा, ४–५ वटा लसुनको केस्रा र सोही अनुसार अदुवा हरियो खुर्सानी २ वटा, धनियाँको दाना आधी चम्चा र जिरा आधी चम्चा, नुन स्वाद अनुसार, तेल, काटेको धनियाँ

    आलु दम 

    आलु दम निकै स्वादिष्ट र मसलेदार भेज परिकारको रुपमा परिचित छ । चाडपर्वको समयमा घरमा पाहुना आउँदा आलु दम बनाएर खुवाउन पनि सजिलो हुन्छ । घरमा भएको आलु र दहीको प्रयोग गरेर आलु दम बनाउन सकिन्छ । आलु दम बनाउँदा एकै किसिमको सानो र गोलो आलु चाहिन्छ । 

    विधि

    उसिनेर राखेको सबै आलुमा काँटा चम्चाले प्वाल पार्ने । मसला भित्रसम्म छिर्ने गरी आलुमा प्वाल पार्ने । त्यसपछि आलुलाई तेलमा फ्राइ गर्ने । प्यानमा तेल तातेपछि अलिकति बेसारको धुलो र अलिकति रातो खुर्सानीको धुलो राख्दिनुपर्छ । दुईटै मसला राख्नेवित्तिकै आलुलाई फ्राइ गर्नुहोस । आलुलाई चलाउँदै चलाउँदै ८ मिनेट जति ठूलो आगोमा फ्राइ गरेर तेल र मसलामा मिक्स गरेर नुन राखेर चलाउनुहोस । यसपछि आलु दम खानको लागि तयार हुन्छ । 

    शनिवार, कार्तिक ८ २०७७१०:३५:४५
    सम्बन्धित समाचार