मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

दसैंको टीका लाउँदा दिने : आशिष

दसैंको टीका लाउँदा दिने : आशिष

शान्ता आचार्य

१०, कार्तिक २०७७
  • 4.0K
    SHARES

  • दसैंको टीका लाउँदा दिने  : आशिष
     
    आयू द्रोणसुते श्रीयो दशरथे शत्रुक्षयं राघवे।
    ऐश्वर्यं नहुषे गतिश्च पवने मानञ्च दुर्योधने।
    दानं सूर्यसुते बलं हलधरे सत्यञ्च कुन्तीसुते।
    विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे ॥
     
    द्रोणपुत्र अस्वत्थामाको जस्तो दीर्घायु, दशरथ राजाको जस्तो श्रीसम्पत्ती प्राप्त होस्, भगवान् रामको जस्तो शत्रु नाश हुन्, नहुष राजाको जस्तो ऐश्वर्य, पवनपुत्र हनुमानको जस्तो गतिशीलता, दुर्योधनको जस्तो मान, सूर्यपुत्र कर्णको जस्तो दानवीरता, हलधर बलरामको जस्तो बल, कुन्तीपुत्र युधिष्ठिरको जस्तो सत्यवादिता, विदुरको जस्तो ज्ञान र भगवान् नारायणको जस्तो कीर्ति तपाईंलाई प्राप्त होस्।
     
    जयन्ती मङ्गला काली भद्रकाली कपालिनी
    दुर्गा शिवा क्षमा धात्री स्वाहा स्वधा नमोस्तु ते ।
     
    जयंती देवीको जस्तै महेश्वरीको रूप र विजयशलिनी होस्। मंगला देवीको जस्तो स्वतन्त्र ,मुक्ति देवीको रूपमा प्रसिद्दि होस्।काली देवी जसले सम्पूर्ण सृष्टिलाई आफूसँग समयमा लिने हुनु।
     
    भद्रकालीको जस्तै भद्र, खुशी, मंगल हुनु।कपालिनी देवीको जस्तो दुश्मनहरूका लागि भयानक हुनु।दुर्गाले जस्तै कर्म र उपासनाबाट दुर्गतिको नष्ट गर्नु।क्षमाकी देवीले जस्तै क्षमा दिनु।शिव देवी जस्तै कल्याणकारी र सर्वशक्तिमान हुनु।धातृ देवीले जस्तै सम्पूर्ण जीवको रक्षा गर्नु।
     
    स्वाहा देविले जस्तै हरेक यज्ञ र दानपुण्य गर्नु र स्वधा देवीले जस्तै मानवका हरेक यज्ञ पुण्य को संकल्प लिनु।

    सोमवार, कार्तिक १० २०७७०७:५७:२१
    सम्बन्धित समाचार