काठमाडौँ, चिकित्सा क्षेत्रमा शरीरको रिकभरीका लागि दैनिक कम्तीमा ८ घण्टा सुत्नुपर्ने कुरा बारम्बार दोहोर्याइन्छ । तर, के ८ घण्टाको निद्रा साँच्चै पर्याप्त छ ? किन कसै-कसैलाई यति सुत्दा पनि बिहान उठ्दा थकित महसुस हुन्छ ?
यही प्रश्नको जवाफ दिँदै निद्रा चिकित्सा र बाल स्नायु विज्ञानका चिकित्सक डा.क्रिस्टोफर जे एलेनले आफ्नो इन्स्टाग्राम पोस्टमा ‘८ घण्टाको निद्रा’ र ‘उत्कृष्ट निद्रा’ बिच तालमेल नहुने बताएका छन् । उनले जोड दिँदै भनेका छन्,तपाईँलाई धेरै सुताइ होइन । तपाईँलाई राम्रो निद्रा चाहिएको छ ।”
डाक्टरका अनुसार, यदि तपाईं पर्याप्त सुते पनि अझै थकित महसुस गर्नुहुन्छ,बिहान उठ्दा सुक्खा मुख वा टाउको दुख्ने जस्ता समस्या हुन्छन् भने निद्राको गुणस्तरमा समस्या छ । निद्राको अवधि (७ देखि ९ घण्टा) महत्त्वपूर्ण भए पनि,निद्राको गुणस्तर त्योभन्दा कम महत्त्वपूर्ण छैन । पत्ता नलागेका निद्रा सम्बन्धी विकारहरूले पनि तपाईंको आराममा बाधा पुर्याउन सक्छन् ।
समस्या समाधानका लागि दुई उपाय:
निद्रा विशेषज्ञ डा.एलेनले समस्याको जरो पत्ता लगाउन दुईवटा कदम चाल्न सुझाव दिएका छन्:
१,आफ्नो बेड पार्टनरसँग कुरा गर्ने: सुत्ने बेलामा तपाईं घुर्नुहुन्छ वा श्वासप्रश्वासमा अवरोध आउँछ कि भनेर आफ्नो पार्टनरलाई सोध्नुहोस् ।
२,निद्रा विशेषज्ञलाई भेट्ने: तपाईंको निद्राको गुणस्तर किन खराब छ भनी पत्ता लगाउन र कुनै स्लिप डिस्अर्डर छछैन भनी सुनिश्चित गर्न विशेषज्ञलाई भेट्नुहोस् । यसले तपाईँलाई बिहान उठ्दा स्फूर्ति महसुस गराउन मद्दत गर्छ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।