मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

आज कुन राशिको भाग्य कस्तो ? हेर्नुहोस् राशिफल

आज कुन राशिको भाग्य कस्तो ? हेर्नुहोस् राशिफल

मेगा खबर संवाददाता

१०, कार्तिक २०८२
  • 994
    SHARES

  • आज कुन राशिको भाग्य कस्तो ? हेर्नुहोस् राशिफल

    मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

    स्वास्थ्य सम्वन्धी समस्या आउँन सक्छ । पढाइ लेखाइ तपार्ईँ आफ्नै कारणले बिग्रन सक्छ ध्यान दिनु होला । वन्द व्यापारमा प्रशस्त समय लगानी गरे पनि प्रतिफल न्यून आउने हुनाले मन दुखी हुनेछ । 

    बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

    चाहेजस्तो उपलव्धी हासिल गर्न सकिनेछ । नोकरिमा वढोत्तरी हुने योग रहेकोछ भने राजनीति गर्नेहरुले राज्यबाट विशेष पद प्राप्त गर्न सक्नेछन् । गीत संगितमा मन जानेछ भने माया प्रेममा नजिक हुने समय रहेकोछ ।

    मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

    सामाजिक कामको सिलसिलामा व्यास्त हुने समय रहेको भए पनि प्रतिफल शुन्य जस्तै हुनेछ । मान सम्मानमा दाग लाग्नसक्छ ख्याल गर्नुहोला । आफ्नै साथी हरुबाट आलोचना खप्नु पर्नेछ ।

    कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

    मन कमजोर हुनेहुदा पढाइ लेखाइमा मन जानेछैन भने अरुभन्दा पछि परिनेछ । बिभिन्न समस्याहरुको सामना गर्नुपर्नेछ । माया प्रेममा गलत बुझाईले समस्या निम्त्याउँन सक्छ, सचेत रहनुहोला ।

    सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

    विलासी वस्तुहरुको प्रयोग मार्फत अरुको मन आफूतिर आकर्षित गर्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समयले साथ दिने हुदा मन प्रसन्न रहनेछ । नोकरी पाउँने तथा पदोन्नतीको प्रशस्त सम्भावना रहेकोछ ।

    कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

    नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ । अध्ययनमा प्रतिस्पर्धीहरुलार्ई साईड लगाउँदै एक दुई कदम अगाडी बढ्न सकिनेछ । नयाँ कृषि तथा पशुपालन व्यावसाय भने फस्टायर जानेछ । 

    तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

    प्रेममा अविस्वास बढ्ने योग रहेकोछ । पति पत्नी विच मनमुटाव बड्नेछ । यात्रा गर्दा ध्यान दिनुहोला अनेक बाधा अड्चन आईलाग्नेछ । बिद्यामा सफलता पाउँन निकै मेहनेत गर्नुपर्ला । 

    बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

    समाजसेवामा सन्तुलित व्यावहार गर्नुहोला आलोचनाको शिकार हुनुपर्नेछ । अध्ययन तथा अध्यापनमा मन नजाने हुनाले अरुभन्दा पछी परिनेछ । माया प्रेममा सामान्य मनमुटाव बढ्नेछ ध्यान दिनुहोला ।

    धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

    दाजुभाई तथा छिमेकिबाट तपार्ईँले शुरु गरेको काममा सहयोग तथा समर्थन हुने हुदा मन प्रशन्न हुनेछ । मायाप्रेममा एक अर्काको भावना बुझ्न सकिने हुदा थप प्रगाडता बढेर जानेछ । पढाइ लेखाइ प्रगतिकै बाटोमा अगाडी बढ्ने योग रहेकोछ ।

    मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

    आफन्तहरुसँग घरायसी कुरामा राय बाजिनेछ। माया प्रेममा मनमुटाव सिर्जना हुनेछ भने घर परिवार तथा कुटुम्वसँग मनमुटाव वढ्ने योग रहेकोछ । खानपानमा बिशेष ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउँन सक्छ ।

    कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

    सुन्दर तथा विलाशी वस्तुको प्रयोग गर्न पाइने तथा सुन्दर वस्त्र पहिरन अरुको मन आफूतिर आकर्षित गर्न सकिनेछ । पढाइ लेखाइमा उत्कृष्ट नतिजा हात पार्दै अगाडी बढ्न सकिने ग्रहयोग रहेकोछ ।

    मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

    माया प्रेममा सामिप्यता बडेर जानेछ । तरलपदार्थ पानि,दुध र खाद्यान्न जस्ता व्यावसाय फस्टाएर जानेछ । परिवार तथा सन्तानको प्रगतिमा मन प्रशन्न हुनेछ ।

    तपाईको दिन शुभ रहोस् ।

    आइतवार, कार्तिक १० २०८२०७:२५:०६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार