मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

यी ५ परिवर्तनहरूलाई बेवास्ता नगर्नुहोस्, कलेजो बिग्रेको सङ्केत हुनसक्छ !

यी ५ परिवर्तनहरूलाई बेवास्ता नगर्नुहोस्, कलेजो बिग्रेको सङ्केत हुनसक्छ !

मेगा खबर संवाददाता

११, कार्तिक २०८२
  • 1.3K
    SHARES

  • यी ५ परिवर्तनहरूलाई बेवास्ता नगर्नुहोस्, कलेजो बिग्रेको सङ्केत हुनसक्छ !

    काठमाडौँ,  कलेजोमा कुनै समस्या उत्पन्न हुन थाल्यो भने,शरीरमा केही विशेष सङ्केतहरू देखिन्छन्,खासगरी हातहरूमा हातमा देखिने यी परिवर्तनहरूमा समयमै ध्यान दिइएमा कलेजोको समस्या समयमै पत्ता लगाउन सकिन्छ र थप क्षति हुनबाट रोक्न सकिन्छ । 

    १, हत्केला रातो हुनु (पाल्मर एरिथिमा)

    यदि तपाईंका हत्केलाहरू,विशेषगरी बूढी औँला र सानो औँला मुनिको भाग,कुनै स्पष्ट कारणबिना रातो भइरहेका छन् भने यो चिन्ताको विषय हुनसक्छ । यस अवस्थालाई ‘पाल्मर एरिथिमा’ भनिन्छ । यो रातोपन दबाउँदा क्षणिक रूपमा हराउँछ र फेरि तुरुन्तै फर्किन्छ । यो समस्या कलेजोको सिरोसिस वा हेपाटाइटिस जस्ता रोगहरूमा हर्मोनहरू ठीकसँग मेटाबोलाइज हुन नसक्दा रक्तनलीहरू फैलिने कारणले हुन्छ र हत्केलाहरू रातो देखिन्छन् ।

    २,टेरिज नेल्स 

    यस अवस्थामा, नङको लगभग सम्पूर्ण भाग सेतो वा फिक्का देखिन्छ,जबकि नङको टुप्पो गाढा वा रातो-खैरो हुन्छ । यस्तो देखिन्छ मानौँ नङमा सेतो पोलिस लगाइएको छ। यो नङमा प्रोटिनको कमी र रक्तसञ्चारमा आएको परिवर्तनका कारण हुन्छ, जुन प्रायः कलेजो सिरोसिस,कलेजो फेलियर वा हेपाटिक स्टीटोसिस (कलेजोमा बोसो जम्नु) सँग जोडिएको हुन्छ ।

    ३,नङहरूको घुमाउरोपन 

    यसमा नङको आकार परिवर्तन हुन्छ । औँलाका टुप्पाहरू गोलो र फुल्लिएका देखिन्छन् र नङहरू माथिपट्टि फर्केर चम्चाजस्तो आकार लिन्छन् । यो समस्या कलेजोका गम्भीर रोगहरूका साथै फोक्सो र मुटुका रोगहरूमा पनि देखिन सक्छ । कलेजोमा खराबी आउँदा शरीरमा अक्सिजनको प्रवाह राम्रोसँग हुन पाउँदैन,जसले गर्दा यो लक्षण उत्पन्न हुनसक्छ ।

    ४, हत्केलामा चिलाउने

    कुनै डाबर वा एलर्जी बिना नै हत्केलामा निरन्तर चिलाउने भइरहनु कलेजोमा क्षतिको महत्त्वपूर्ण सङ्केत हुनसक्छ । जब कलेजोले राम्ररी काम गर्न सक्दैन,तब पित्तको बहावमा अवरोध आउँछ । यसले गर्दा पित्त शरीरको रगतमा जम्मा हुन्छ र छालामा गएर गम्भीर चिलाउने पैदा गर्छ । यो चिलाउने प्रायः रातिको समयमा अझ बढ्छ ।

    ५, हत्केलाको तन्तु बाक्लो हुनु 

    यस स्थितिमा हत्केलाको छाला मुनिको तन्तु बाक्लो र कडा हुन थाल्छ । बिस्तारै,यी तन्तुहरू खुम्चिँदै जान्छन्,जसले गर्दा औँलाहरू भित्रतिर मोडिन थाल्छन् र सिधा पार्न गाह्रो हुन्छ । यो कलेजो सिरोसिसको, विशेषगरी अत्यधिक मदिरा सेवनसँग सम्बन्धित सिरोसिसको,एउटा सामान्य लक्षण हो ।

     

    सोमवार, कार्तिक ११ २०८२०७:४९:००

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार