काठमाडौं, शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयदेखि विश्वविद्यालयसम्मका विद्यार्थीहरूले भोग्नुपरेका उत्पीडन र दुर्व्यवहारका घटनालाई सम्बोधन गर्न नयाँ पहल सुरु गरेको छ ।
मन्त्री सस्मित पोखरेलले एक सार्वजनिक आह्वान गर्दै कुनै पनि प्रकारको दुर्व्यवहार भोगेका विद्यार्थीहरूलाई सिधै मन्त्रालयमा गुनासो दर्ता गर्न आग्रह गरेका हुन् ।
कसरी उजुरी दिने ?
विद्यार्थीहरूले मन्त्रालयले उपलब्ध गराएको अनलाइन फारममार्फत आफ्नो गुनासो दर्ता गर्न सक्नेछन् ।
उजुरी दिँदा निम्न कुराहरू उल्लेख गर्नुपर्नेछ:
१, अध्ययनरत शैक्षिक संस्थाको नाम
२, दुर्व्यवहारको प्रकृति
३, घटनाको विस्तृत विवरण
यस संयन्त्रमार्फत जातीय तथा लैङ्गिक भेदभाव, शाब्दिक वा भौतिक दुर्व्यवहार, यौनजन्य हिंसा, मनोवैज्ञानिक दबाब, बुलिङ र अनलाइन दुर्व्यवहार
लगायतका विषयमा उजुरी दिन सकिने विकल्पहरू राखिएको छ ।
फारामका लागि यहाँ क्लिक गर्नुहोस् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।