काठमाडौं, राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसईई) को १ महिनाभित्र नतिजा सार्वजनिक गर्नेगरी इन्ट्रीको काम गरिरहेको छ ।
बोर्डले २९ वैशाखभित्र नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार जिल्ला जिल्लाबाट मार्कस्लिप र उत्तरपुस्तिका आइरहेको छ । ‘मार्कस्लिपलाई छुट्टाएर इन्ट्री गरिरहेका छौँ । उत्तरपुस्तिका पनि आइरहेको छ,उनले भने,एसईई १९ देखि २९चैतसम्म सञ्चलान भएको थियो । यसपटक परीक्षा केन्द्रमा नै उत्तरपुस्तिका परीक्षण गरिएको थियो । परीक्षा सकिए लगत्तै केन्द्रमा उत्तरपुस्तिका परीक्षण गरिएको हो ।
हालसम्म ८–१० वटा जिल्लाबाट आइसकेको छ । अन्य जिल्लाको आउने क्रममा छ,परीक्षा नियन्त्रक अधिकारीले भने,बोर्डमा हाल ३० जना कर्मचारीको टोली खटिएर काम गरिरहेको छ । इन्ट्रीका लागि मात्र १७ जना कर्मचारी खटिएका छन् । समयमा नतिजा सार्वजनिक गर्नका लागि बिदाको दिन कर्मचारीहरूले काम गरिरहेका छन् । सरकारले १ महिनाभित्र नतिजा सार्वजनिक गर्न निर्देशन दिएको थियो । सोही अनुसार बोर्डले त्रुटि नुहुने गरी नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।