काठमाडौँ, गलत खानपान,पानीको कमी र तनावका कारण हाम्रो पाचन प्रणाली प्रभावित हुन्छ ।
यसैकारण कब्जियतको समस्या उत्पन्न हुन्छ । यसलाई बेवास्ता गर्नु स्वास्थ्यका लागि हानिकारक हुन सक्छ र यसले पेट दुख्ने, ग्यास भरिएर पेट फुल्ने र अन्य पाचन सम्बन्धी समस्याहरू पनि निम्त्याउन सक्छ ।
मेवा
मेवा फाइबर र पेपेन इन्जाइमले भरिपूर्ण हुन्छ ।
यसले पेटका मांसपेशीहरूलाई सक्रिय बनाउँछ र कब्जियत कम गर्छ ।
यसलाई काँचै, सलादमा वा स्मूदीको रूपमा खान सकिन्छ ।
गर्मी मौसममा चिसो मेवा खानाले पेट सफा रहन्छ र शरीरलाई हाइड्रेटेड पनि राख्छ ।
मुंगको दाल
मुंगको दाल पचाउनका लागि सबैभन्दा सजिलो र हल्का खानेकुरा हो ।
यसमा फाइबर र प्रोटिन हुन्छ, जसले पेटमा खाना पचाउन मद्दत गर्छ ।
मुंगको दालबाट बन्ने खिचडी वा सुपले कब्जियत कम गर्न र पेटलाई आराम दिन धेरै फाइदा पुर्याउँछ ।
प्रशस्त पानी
पानी पेट र शरीरका लागि सबैभन्दा आवश्यक कुरा हो ।
पर्याप्त पानी पिउनाले दिसा नरम हुन्छ र पाचन प्रणाली सुचारु हुन्छ ।
कब्जियत रोक्न र शरीरलाई हाइड्रेटेड राख्न दैनिक कम्तीमा ८ देखि १० गिलास पानी पिउनु अत्यन्तै जरुरी छ ।
दही
दहीमा प्रोबायोटिक्स हुन्छ, जसले पेटमा हुने राम्रा ब्याक्टेरियालाई बढाउँछ ।
यसले पाचन प्रक्रियामा सुधार ल्याउँछ र कब्जियतका लक्षणहरूलाई कम गर्छ ।
दैनिक एक वा दुई कचौरा दही खानाले पेट हल्का रहन्छ ।
यसको सेवनले ग्यास र एसिडिटी जस्ता समस्याबाट राहत दिन्छ ।
आलस
आलस फाइबर र ओमेगा ३ फ्याटी एसिडको राम्रो स्रोत हो ।
यसलाई भिजाएर वा धुलो बनाएर खाँदा कब्जियतको समस्या हट्छ ।
आलसले पेटलाई लामो समयसम्म भरिएको महसुस गराउँछ र पाचन प्रक्रियामा सहयोगी भूमिका खेल्छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।