मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

पहिलोपटक टुँडिखेलबाट गुञ्जियो आरोग्यको सन्देश

पहिलोपटक टुँडिखेलबाट गुञ्जियो आरोग्यको सन्देश

मेगा खबर संवाददाता

२, बैशाख २०८३
  • 1.0K
    SHARES

  • पहिलोपटक टुँडिखेलबाट गुञ्जियो आरोग्यको सन्देश

    काठमाडौँ,  सैनिक मञ्च टुँडिखेल आज बिहान एउटा ऐतिहासिक क्षणको साक्षी बनेको छ ।

    नेपालकै विशेष पहल र प्रस्तावमा संयुक्त राष्ट्रसंघले १५ अप्रिललाई अन्तर्राष्ट्रिय आरोग्य दिवस घोषणा गरेपछि आज पहिलोपटक यो दिवस भव्य रूपमा मनाइएको हो । संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा आयोजित उक्त समारोहमा सभामुख,पर्यटनमन्त्री र विभिन्न सरकारी निकायका विशिष्ट व्यक्तित्वहरूको उत्साहजनक उपस्थिति थियो ।

    नेपालले विश्वमा समग्र स्वास्थ्य, मानसिक सुख र सन्तुलित जीवनशैलीको महत्वलाई स्थापित गर्न गरेको प्रस्तावलाई गत फागुन २६ गतेको संयुक्त राष्ट्रसंघको महासभाले अनुमोदन गरेको थियो । सोही ऐतिहासिक निर्णयको कार्यान्वयन स्वरूप आजदेखि नेपाल मात्र नभई विश्वका विभिन्न मुलुकमा यो दिवस मनाउन सुरु गरिएको छ । 

    बुधवार, बैशाख २ २०८३१२:५८:२१

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार