काठमाडौं, प्रहरीका निरीक्षक (इन्स्पेक्टर)देखि वरिष्ठ उपरीक्षक (एसएसपी) सम्मका सरुवा रोकिएका छन् ।
सामान्यतया इन्चार्ज सम्हालेको एक वर्ष पूरा भएपछि सरुवा हुने प्रावधान रहे पनि अहिले एक वर्षभन्दा बढी कमान्ड भइरहँदा पनि सरुवा हुन सकेको छैन । इन्स्पेक्टरले कमान्ड गरेका इलाका प्रहरी कार्यालय,वडा प्रहरी कार्यालय तथा प्रभागहरू अहिले एक वर्ष बढी हुँदा पनि सरुवा हुन सकेका छैनन् ।
त्यस्तै डीएसपीले कमान्ड गरेका जिल्लाहरू,वृत्त तथा इलाकाहरूमा पनि अहिलेसम्म सरुवा हुन सकेको छैन । एसपीले कमान्डले गर्ने जिल्ला तथा गणहरूको पनि सरुवा रोकिएको छ । एसएसपीको पनि सरुवा तयारी गरिए पनि अहिलेसम्म सरुवा हुन सकेको छैन ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।