आँखाले शरीरको थकान र रगतको अवस्था देखाउँछ भने जिब्रोले हाम्रो पाचन प्रणाली,कलेजो,रगत,र दोषहरू (वात,पित्त र कफ)को अवस्थालाई प्रत्यक्ष रूपमा संकेत गर्दछ ।
आयुर्वेदका अनुसार,जिब्रोले शरीरको आन्तरिक गतिविधिहरूलाई प्रतिबिम्बित गर्दछ । यसको रंग,बनावट र आद्र्रताले शरीर भित्र सबै कुरा सन्तुलित छ कि छैन भनेर संकेत गर्दछ ।
जिब्रोको फरक रङ र तिनीहरूको अर्थ
१,अत्यधिक सेतो जिब्रो–
जिब्रोमा बाक्लो सेतो पत्र देखियो भने,यसले कफ र विषाक्त पदार्थमा वृद्धि भएको संकेत गर्दछ । यो अवस्था तब हुन्छ जब खाना राम्ररी पच्दैन । राम्रोसाग नपचाइएको खानाले शरीरमा विषाक्त पदार्थहरू बनाउँछ । यो सामान्यतया जिब्रोमा सेतो तहको रूपमा देखिन्छ ।
लक्षणहरूः
– भारीपन महसुस हुनु
– बारम्बार चिसो लाग्नु
– पेटमा ग्यास र फुल्नु
– सास गन्हाउनु के गर्ने ?
– हल्का र सजिलै पच्ने खाना खानुहोस्
– बिहान मनतातो पानी पिउनुहोस्
– जिब्रो सफा गर्ने बानी बसाल्नुहोस्
– भुटेका र गुलियो खानेकुरा कम गर्नुहोस्
२, हल्का रातो वा गुलाबी जिब्रो सामान्य जिब्रो हल्का गुलाबी रंगको हुन्छ । यदि जिब्रो अत्यधिक रातो देखिन्छ भने,यसले पित्त दोष बढेको संकेत गर्दछ । शरीरको ताप बढ्दा ग्यास,एसिडिटी र कब्जियतजस्ता समस्याहरू सुरु हुन्छन् । आयुर्वेदका अनुसार पित्त बढ्दा जिब्रो रातो वा चम्किलो गुलाबी हुन सक्छ । यो अवस्था भिटामिन बी–१२ को कमीको संकेत पनि हुन सक्छ ।
लक्षणहरूः
– मुखमा जलन
– एसिडिटी
– कमजोरी
– चिडचिडापन के गर्ने ?
– ज्यानलाई चिसो बनाउने खानेकुराहरू जस्तै नरिवल पानी खानुहोस् ।
– मसलादार खानेकुराको सेवनबाट बच्नुहोस् ।
– डाक्टरको सल्लाहमा भिटामिन जाँच गराउनुहोस् ।
३, पहेँलो जिब्रो
– कलेजो र पित्तमा असर जिब्रो अलिकति पहेँलो देखिन्छ भने,यसले शरीरमा पित्त र टक्सिन दुवैमा वृद्धि भएको संकेत गर्दछ । यसले मुख्यतया आन्द्रा र कलेजोलाई असर गर्छ । जब कलेजोले राम्रोसँग काम गर्दैन,हार्मोनल संतुलन पनि बिग्रन सक्छ । यो अवस्था जिब्रोको रंगमा देखिन्छ ।
लक्षणहरूः
– मुखमा तीतो स्वाद
– थकान
– भोक नलाग्नु
– पाचन समस्याहरू के गर्ने ?
– विशेषज्ञको सल्लाह अनुसार डिटक्सको लागि कागती पानी र त्रिफला सेवन गर्नुहोस् ।
– तेलयुक्त खानाबाट बच्नुहोस्
– नियमित व्यायाम गर्नुहोस् ।
४, सुख्खा जिब्रो
जिब्रो बारम्बार सुख्खा रहन्छ भने,यो वात दोष बढेको संकेत हुन सक्छ । यस्तो अवस्थामा,व्यक्तिलाई बारम्बार तिर्खा लाग्छ । तर पानी पिएपछि पनि सुख्खापन पूर्ण रूपमा हट्दैन । आयुर्वेदका अनुसार, यसले रस धातुको कमीलाई पनि संकेत गर्दछ । लक्षणहरूः
– छाला सुक्खा हुनु
– कब्जियत
– कमजोरी
के गर्ने ?
–दिनको सुरुवात आयल पुलिङको साथमा गर्नुहोस्
– प्रशस्त मात्रामा पानी पिउनुहोस्
– घिउ र तिलको तेलको सेवन सीमित गर्नुहोस्
- चिनिको सेवन कम गर्नुस्
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।