२४ घण्टामा दुई हजार २५६ सवारीचालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेका १५१,नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १११,संकेत बत्ती उल्लंघनकर्ता १४२ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका २३० जनालाई कारबाही गरिएको हो ।
‘लेन’ अनुशासन पालना नगर्ने ३३,निषेधित क्षेत्रमा हर्न बजाउने १९३, सडक पेटीमा सवारीसाधन ‘पार्किङ’ गर्ने ११७,एकतर्फी सडकमा सवारी चलाउने ११८ र अन्य सवारी नियम पालना नगरेका एक हजार १६१ जनालाई कारबाही गरिएको हो ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।