मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

आजदेखि बन्द भयो चिया उद्योग

आजदेखि बन्द भयो चिया उद्योग

  • 439
    SHARES

  • आजदेखि बन्द भयो चिया उद्योग

    भारतीय पक्षले नेपाली चिया निकासीमा विभिन्न बहानामा अवरोध सिर्जना गरेपछि सोमबार (आज) देखि इलामका चिया उद्योगहरू बन्द भएका छन् ।

    भारतले गुणस्तर जाँचको बहानामा डेढ महिनादेखि नेपाली चिया निर्यातमा अड्चन खडा गरेपछि उद्योगीहरूले आजदेखि उद्योग बन्द गर्ने निर्णय लिएका हुन् । निकासीमा अवरोध हुँदा उत्पादित चियाले बजार पाउन सकेको छैन, चिया गोदाममै बिग्रने जोखिम बढेपछि यस्तो कठोर कदम चाल्न बाध्य भएको व्यवसायीहरूले बताएका छन् ।

    नेपाल चिया उत्पादक संघका वरिष्ठ उपाध्यक्ष शिवकुमार गुप्ताका अनुसार भारतीय चिया बोर्डले हालै जारी गरेको नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर’ (एसओपी) का कारण नेपाली चिया निर्यातमा ठूलो बाधा पुगेको छ ।

    भारतले निर्यात रोकिदिँदा ८३ चिया उद्योग बन्द भएको विषय प्रतिनिधिसभामा उठेको छ । कांग्रेसका सांसद नरेन्द्रकुमार केरुङले चिया उद्योग बन्द भएको विषय उठाएका हुन् । 

    सोमवार, आषाढ १ २०८३१२:५२:१५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार