काठमाडौँ, अपराध अनुसन्धान कार्यालयमा कार्यरत इन्स्पेक्टर (प्रहरी निरीक्षक) सन्तोष कुमार खड्का जेठ महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन् । कार्यालयले उत्कृष्ट कार्यसम्पादनको मूल्याङ्कन गर्दै निरीक्षक खड्कालाई उत्कृष्ट प्रहरीका रूपमा सम्मान गर्दै पुरस्कार प्रदान गरेको हो ।
प्रहरी कर्मचारीहरूको मनोबल बढाउने उद्देश्यले अपराध अनुसन्धान कार्यालयले हरेक महिना उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई प्रशंसा तथा पुरस्कार प्रदान गर्दै आएको छ । सोही क्रममा जेठ महिनामा अपराध अनुसन्धान तथा निगरानीसम्बन्धी जिम्मेवारीमा उत्कृष्ट भूमिका निर्वाह गरेको भन्दै प्रहरी निरीक्षक खड्कालाई सम्मान गरिएको हो ।
प्रहरी निरीक्षक खड्काले लामो समयदेखि जिम्मेवारीप्रति इमानदार र प्रतिबद्ध रहँदै सेवा प्रदान गर्दै आएका छन् । यसअघि नगर प्रहरी अन्तर्गत प्रहरी क्लब,भिरकुटी मन्डपलगायतका क्षेत्रमा खटिँदा उनले भिडभाड व्यवस्थापन तथा शान्ति सुरक्षा कायम गर्ने कार्यमा समेत महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
आफ्नो कर्तव्यप्रति समर्पित भई प्रभावकारी सेवा प्रवाह गरेको मूल्याङ्कन गर्दै अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपीले निरीक्षक खड्कालाई उत्कृष्ट प्रहरी पुरस्कार प्रदान गरेका हुन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।