मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

नेकपाको प्रतिबद्धता – दास ढुंगा प्रकरणको गहिरो अन्वेषण गरि सत्यतथ्य सार्वजनिक गरिने

नेकपाको प्रतिबद्धता – दास ढुंगा प्रकरणको गहिरो अन्वेषण गरि सत्यतथ्य सार्वजनिक गरिने

  • 1.3K
    SHARES

  • नेकपाको प्रतिबद्धता – दास ढुंगा प्रकरणको गहिरो अन्वेषण गरि सत्यतथ्य सार्वजनिक गरिने

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले मदन भण्डारी र जीवराज आश्रितको जिप दुर्घटनामा भएको मृत्युको घटनाको गहिरो अन्वेषण गर्दै सत्य तथ्य सार्वजनिक गर्न निरन्तर लागिरहने बताएको छ ।

    २७ औँ मदनआश्रित स्मृति दिवस एवं पार्टी एकताको दोस्रो वर्षगाठको अवसरमार विज्ञप्ति जारी गर्दै अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले २७ बर्ष अघि भएको दासढुंगा प्रकरणको गहिरो अन्वेषण गरि सत्यतथ्य बाहिर ल्याउने प्रतिवद्धता जनाएका हुन् ।

    ‘लोकप्रिय नेताको रहस्यमय दासढुंगा जीप दुर्घटनामा दुःखद् निधन भएको आज २७ बर्ष वितेको छ । उक्त घटनाको रहस्य अझै उद्घाटित हुन सकेको छैन । तर आम नेपाली जनता त्यस घटनालाई सामान्य सडक दुर्घटना मान्न तयार छैनन् । उनीहरुमध्ये धेरैले यसलाई नेपालको लोकतान्त्रिक र देशभक्तिपूर्ण आन्दोलनविरुद्धको षड्यन्त्रपूर्ण हत्याका रुपमा लिन्छन्’, ओली प्रचण्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ

    जननेता मदन भण्डारी र तत्कालीन संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० साल जेठ ३ गते दासढुंगामा दुर्घटना भएको थियो । उक्त दुर्घटनामा मृत्यु भएका दुबै जनाको हत्या भएको दाबी गरिदै आएको छ ।

    शनिवार, जेठ ३ २०७७०७:२५:३३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार