मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

भूमिको वर्गीकरण नगरेका ४०५ स्थानीय तहमा आजदेखि जग्गाको कित्ताकाट रोकियो

भूमिको वर्गीकरण नगरेका ४०५ स्थानीय तहमा आजदेखि जग्गाको कित्ताकाट रोकियो

मेगा खबर संवाददाता

१, श्रावण २०८३
  • 130
    SHARES

  • भूमिको वर्गीकरण नगरेका ४०५ स्थानीय तहमा आजदेखि जग्गाको कित्ताकाट रोकियो

    काठमाडौँ, भूमिको वर्गीकरण सम्पन्न नगरेका देशभरका ४०५ स्थानीय तहमा आजदेखि जग्गाको कित्ताकाट रोकिएको छ ।

    भूउपयोग नियमावली अनुसार असार मसान्तभित्र भूमिको वर्गीकरण सम्पन्न नगरेका स्थानीय तहमा साउन १ गतेदेखि जग्गाको कित्ताकाट स्वतः बन्द हुने व्यवस्था कार्यान्वयनमा आएको हो ।

    नापी विभागका निर्देशक दयानन्द जोशीका अनुसार देशभरका ७५३ स्थानीय तहमध्ये हालसम्म ३४८ स्थानीय तहले मात्रै भूमिको वर्गीकरण गरी विवरण पठाएका छन् । बाँकी ४०५ स्थानीय तहले वर्गीकरणको काम पूरा नगरेकाले त्यहाँ कित्ताकाट रोकिएको हो ।

    भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रवक्ता गणेशप्रसाद भट्टले नियमावलीमै असार मसान्तसम्म वर्गीकरण सम्पन्न गर्नुपर्ने अन्तिम म्याद तोकिएकाले समयमै काम नसकेका स्थानीय तहमा कित्ताकाट रोकिएको बताए ।

    उनका अनुसार यो व्यवस्थाले अंशबन्डामा भने असर पार्दैन। जग्गा टुक्र्याएर बिक्री गर्ने वा व्यावसायिक प्लटिङका लागि गरिने कित्ताकाट मात्रै रोकिएको हो । भूउपयोग ऐन, २०७६ र भूउपयोग नियमावली, २०७९ अनुसार स्थानीय तहले आफ्नो क्षेत्रभित्रका जग्गालाई कृषि, आवासीय, व्यावसायिक, औद्योगिक, वन, खानी तथा खनिजलगायत १० प्रकारमा वर्गीकरण गर्नुपर्ने व्यवस्था छ । सरकारले यसअघि तीन पटकसम्म म्याद थप गरे पनि धेरै स्थानीय तहले वर्गीकरणको काम पूरा गर्न सकेका छैनन् ।

    यससँगै जग्गा कित्ताकाटसम्बन्धी नयाँ मापदण्ड पनि आजदेखि लागू भएको छ । नयाँ व्यवस्था अनुसार आवासीय जग्गाको न्यूनतम कित्ताकाट सीमा १३० वर्गमिटरबाट घटाएर ८० वर्गमिटर कायम गरिएको छ भने कृषि जमिनको कित्ताकाटमा थप कडाइ गरिएको छ ।

    शुक्रवार, श्रावण १ २०८३११:३०:१९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार