मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

पेन्सन बुझ्ने कर्मचारी अब करारमा राख्न नपाइने, सरकारको नयाँ निर्णय लागू

पेन्सन बुझ्ने कर्मचारी अब करारमा राख्न नपाइने, सरकारको नयाँ निर्णय लागू

मेगा खबर संवाददाता

१, श्रावण २०८३
  • 613
    SHARES

  • पेन्सन बुझ्ने कर्मचारी अब करारमा राख्न नपाइने, सरकारको नयाँ निर्णय लागू

    काठमाडौँ, सरकारले सरकारी सेवाबाट अवकाश लिएर निवृत्तिभरण (पेन्सन) वा उपदान प्राप्त गरिरहेका कर्मचारीलाई अब करार सेवामा राख्न नपाइने निर्णय गरेको छ । नयाँ व्यवस्था आर्थिक वर्ष २०८३०८४ को पहिलो दिन अर्थात् साउन १ गतेदेखि लागू भएको हो ।

    भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले शुक्रबार सबै सम्बन्धित निकायलाई परिपत्र जारी गर्दै सरकारी सेवाबाट अवकाश प्राप्त गरी निवृत्तिभरण वा उपदान लिइसकेका करार कर्मचारीहरूको सेवा निरन्तरता नदिने निर्णय कार्यान्वयन गर्न निर्देशन दिएको छ ।

    मन्त्रालयका शाखा अधिकृत सजिव नेपालको हस्ताक्षर रहेको परिपत्रमा पेन्सन वा उपदान प्राप्त गर्दै करारमा कार्यरत कर्मचारीलाई धन्यवादसहित बिदाइ गर्ने निर्णय भएको उल्लेख गरिएको छ ।

    यद्यपि, निवृत्तिभरण वा उपदान प्राप्त नगरेका तर हाल करार सेवामा कार्यरत कर्मचारीको हकमा भने अर्को व्यवस्था नभएसम्म सम्बन्धित निकायमै करार सम्झौता नवीकरण गरी ‘पुल’मा राखिने व्यवस्था गरिएको छ ।

    सरकारले यस्ता कर्मचारीहरूको एकीकृत विवरण भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमार्फत अद्यावधिक गर्ने निर्णयसमेत गरेको जनाएको छ ।

    सरकारको यो निर्णयसँगै सरकारी सेवाबाट अवकाश लिएपछि पुनः करारमा नियुक्त हुने अभ्यासमा रोक लाग्ने अपेक्षा गरिएको छ ।

    शुक्रवार, श्रावण १ २०८३११:३६:३२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार