मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

कपनमा मध्यराति मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु

कपनमा मध्यराति मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु

मेगा खबर संवाददाता

१, श्रावण २०८३
  • 289
    SHARES

  • कपनमा मध्यराति मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु

    काठमाडौं, काठमाडौंको कपन क्षेत्रमा मोटरसाइकल र स्कुटर एकापसमा ठोक्किँदा एक जनाको ज्यान गएको छ ।

    प्रहरीका अनुसार गएराति करिब १२ बजे कपनस्थित भृकुटी चोक नजिक भएको दुर्घटनामा स्कुटर चालक गम्भीर घाइते भएका थिए। उपचारका लागि अस्पताल पुर्‍याइए पनि चिकित्सकले उनलाई बचाउन सकेनन् ।

    मृतकको पहिचान अझै खुल्न नसकेको प्रहरीले जनाएको छ। दुर्घटना कसरी भयो भन्ने विषयमा अनुसन्धान भइरहेको छ ।

    यसैबीच, प्रहरीका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाभित्र १४ वटा सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा १६ जना सामान्य घाइते भएका छन् ।

    शुक्रवार, श्रावण १ २०८३११:४३:५९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार