काठमाडौं, विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’को पाकिस्तानस्थित ब्रड पिक हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी निधन भएको पुष्टि उनको संस्थापक संस्था इलाइट एक्सपेडले गरेको छ ।
संस्थाले शनिबार जारी गरेको आधिकारिक वक्तव्यमा ब्रड पिक क्षेत्रमा आएको हिमपहिरोपछि निम्सदाइसहित आरोहणमा सहभागी अन्य सदस्यहरू पनि जीवित नरहेको जानकारी प्राप्त भएको जनाएको छ ।
हिमपहिरोमा निम्सदाइसँगै उनका विश्वासपात्र आरोहण साझेदार तथा गाइड पुरबहादुर गुरुङ (युक्ता) र निमा शेर्पाको पनि निधन भएको इलाइट एक्सपेडले जनाएको छ ।
वक्तव्यमा तीनै जनाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूका परिवार,आफन्त,साथीभाइ र शुभेच्छुकप्रति गहिरो समवेदना व्यक्त गरिएको छ । साथै शोकमा रहेका परिवारको गोपनीयताको सम्मान गर्न सबैसँग आग्रह गरिएको छ ।
इलाइट एक्सपेडले निम्सदाइलाई विश्व पर्वतारोहण क्षेत्रका महान् आरोही, साहसी नेता र लाखौं मानिसका प्रेरणास्रोतका रूपमा स्मरण गरेको छ । संस्थाले उनका असाधारण कीर्तिमानभन्दा पनि मानिसलाई ठूलो सपना देख्न,आफ्नै क्षमतामा विश्वास गर्न र सीमिततालाई चुनौती दिन प्रेरित गर्ने व्यक्तित्वका रूपमा उनको योगदान सधैं स्मरणीय रहने उल्लेख गरेको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।