मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

अमेरिकी भिसामा नयाँ व्यवस्था: नेपाली आवेदकले ३० लाख रुपैयाँसम्म धरौटी राख्नुपर्ने

अमेरिकी भिसामा नयाँ व्यवस्था: नेपाली आवेदकले ३० लाख रुपैयाँसम्म धरौटी राख्नुपर्ने

मेगा खबर संवाददाता

१७, श्रावण २०८३
  • 4.7K
    SHARES

  • अमेरिकी भिसामा नयाँ व्यवस्था: नेपाली आवेदकले ३० लाख रुपैयाँसम्म धरौटी राख्नुपर्ने

    काठमाडौं, अमेरिका भ्रमण वा व्यावसायिक प्रयोजनका लागि भिसा लिन चाहने नेपाली नागरिकले अब ठूलो रकम धरौटी राख्नुपर्ने नयाँ व्यवस्था लागू भएको छ । अमेरिकी विदेश मन्त्रालयले ‘भिसा बन्ड’ कार्यक्रमलाई स्थायी नीति बनाउँदै नेपालसहित ५० देशका नागरिकका लागि यो प्रावधान लागू गरेको हो ।

    नयाँ व्यवस्था अनुसार बी–१ (व्यावसायिक) र बी–२ (पर्यटक) भिसाका आवेदकले भिसा प्रक्रियाअघि न्यूनतम १० हजारदेखि अधिकतम २० हजार अमेरिकी डलरसम्म धरौटी जम्मा गर्नुपर्नेछ । अधिकतम धरौटी रकम नेपाली मुद्रामा करिब ३० लाख रुपैयाँभन्दा बढी हुन आउँछ ।

    अमेरिकी अधिकारीहरूका अनुसार भिसा आवेदन स्वीकृत नभएमा वा भिसाका सबै सर्त पालना गर्दै निर्धारित अवधिभित्र स्वदेश फर्किएमा धरौटी रकम सम्बन्धित आवेदकलाई फिर्ता गरिनेछ । तर भिसाको अवधि सकिएपछि पनि अमेरिकामै गैरकानुनी रूपमा बस्ने (ओभरस्टे) व्यक्तिको हकमा भने उक्त रकम जफत गरिने व्यवस्था गरिएको छ ।

    अमेरिकी सरकारले भिसाको दुरुपयोग तथा ओभरस्टे गर्ने प्रवृत्ति नियन्त्रण गर्ने उद्देश्यले यो नीति लागू गरेको जनाएको छ । ट्रम्प प्रशासनको पालामा परीक्षणका रूपमा सुरु गरिएको ‘भिसा बन्ड’ कार्यक्रम प्रभावकारी देखिएपछि यसलाई स्थायी रूपमा कार्यान्वयनमा ल्याइएको हो ।

    यो व्यवस्थाको प्रभाव नेपालसँगै बंगलादेश,भुटानलगायत ५० देशका नागरिकमा पर्नेछ । अमेरिकी विदेश मन्त्रालयले आवश्यकता अनुसार भविष्यमा अन्य देशलाई पनि यस सूचीमा समावेश गर्न सकिने संकेत दिएको छ ।

    आइतवार, श्रावण १७ २०८३१०:३२:३०

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार