मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

अस्ट्रेलियामा विदेशी विद्यार्थीले परिवार लैजान नपाउने व्यवस्था हुँदै

अस्ट्रेलियामा विदेशी विद्यार्थीले परिवार लैजान नपाउने व्यवस्था हुँदै

मेगा खबर संवाददाता

१, आश्विन २०८३
  • 496
    SHARES

  • अस्ट्रेलियामा विदेशी विद्यार्थीले परिवार लैजान नपाउने व्यवस्था हुँदै

    अस्ट्रेलियाले विदेशी विद्यार्थीलाई अध्ययनका क्रममा श्रीमान्–श्रीमती तथा आश्रित सन्तान अस्ट्रेलिया लैजान पाउने सुविधा हटाउने तयारी गरेको छ ।

    गृहमन्त्री टोनी बर्कले बिहीबार नेसनल प्रेस क्लबमा सम्बोधन गर्दै अन्तर्राष्ट्रिय विद्यार्थीका परिवारका सदस्यलाई अस्ट्रेलिया ल्याउने व्यवस्था हटाउन लागिएको जानकारी दिएका हुन् । हाल अन्तर्राष्ट्रिय विद्यार्थीले अध्ययन अवधिमा श्रीमान् वा श्रीमती तथा १८ वर्षमुनिका आश्रित सन्तानलाई अस्ट्रेलिया लैजान पाउने व्यवस्था छ । विद्यार्थीका श्रीमान् वा श्रीमतीले पनि निश्चित सर्तमा काम गर्न पाउने व्यवस्था छ ।

    तर प्रस्तावित नयाँ व्यवस्थाले यस्तो सुविधा हटाउने तयारी गरिएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । यो व्यवस्था भने अहिलेसम्म लागू भइसकेको छैन । अस्ट्रेलिया सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीको संख्या घटाउने योजना नरहे पनि अस्थायी आप्रवासन नियन्त्रण गर्न भिसासम्बन्धी नियम कडा बनाउन लागेको छ । एउटा अस्थायी भिसा सकिएपछि अर्को प्रकारको भिसा लिएर लामो समयसम्म बसिरहने प्रवृत्तिलाई समेत नियन्त्रण गर्ने तयारी छ ।

    सार्वजनिक प्रसारक एबिसीका अनुसार सरकारले सन् २०२८ सम्ममा शुद्ध वैदेशिक आप्रवासनलाई हालको करिब ३ लाखबाट घटाएर २ लाख २५ हजारमा सीमित गर्ने लक्ष्य राखेको छ ।

    आधिकारिक तथ्यांक अनुसार ३० जुन २०२५ मा समाप्त भएको एक वर्षमा अस्ट्रेलियाको शुद्ध वैदेशिक आप्रवासन ३ लाख ६ हजार थियो । सन् २०२४ मा यो ४ लाख २९ हजार र २०२३ मा ५ लाख १८ हजार पुगेको थियो ।

    पछिल्ला वर्षमा आप्रवासीको संख्या बढेसँगै आवास,पूर्वाधार र सार्वजनिक सेवामा दबाब परेको भन्दै अस्ट्रेलियामा आप्रवासनसम्बन्धी नियम कडा बनाउन राजनीतिक दबाब बढ्दै आएको छ । पछिल्लो कदम पनि यही दबाबबीच आएको हो ।

    बिहिवार, आश्विन १ २०८३०१:४५:०१

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार