मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

साउदीमा ९ महिनादेखि तलब नपाउँदा नेपाली श्रमिक बिचल्लीमा

साउदीमा ९ महिनादेखि तलब नपाउँदा नेपाली श्रमिक बिचल्लीमा

मेगा खबर संवाददाता

५, आश्विन २०८३
  • 412
    SHARES

  • साउदीमा ९ महिनादेखि तलब नपाउँदा नेपाली श्रमिक बिचल्लीमा

    वैदेशिक रोजगारीका लागि साउदी अरब पुगेका नेपाली श्रमिकहरू ९ महिनादेखि तलब नपाउँदा बिचल्लीमा परेका छन् ।

    तलब नपाएपछि उनीहरूले कम्पनीविरुद्ध अदालतमा मुद्दा दायर गरेका थिए । अदालतबाट आफ्नो पक्षमा फैसला आए पनि त्यसको कार्यान्वयन नहुँदा न्यायका लागि अझै भौतारिनुपरेको उनीहरूको गुनासो छ ।

    लामो समयदेखि आम्दानी रोकिएपछि उनीहरूलाई दैनिक गुजारा चलाउनसमेत समस्या परेको छ । खानाका लागि अन्न र पिउने पानीसमेत अभाव हुने अवस्था आएको बताइएको छ ।

    परिवारको भविष्य सुरक्षित गर्ने उद्देश्यले विदेशिएका नेपाली श्रमिकहरू लामो समयसम्म पारिश्रमिक नपाउँदा गम्भीर समस्यामा परेका छन् । उनीहरूले सम्बन्धित निकायबाट तत्काल पहल गरी आफूहरूले पाउनुपर्ने तलब र न्याय दिलाउन माग गरेका छन् ।

    सोमवार, आश्विन ५ २०८३०३:३४:३०

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार