काठमाडौँ । श्रावण महिनाको तेस्रो सोमबारका अवसरमा पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको उल्लेखनीय भीड लागेको छ । भगवान् शिवको विशेष पूजा–आराधना गर्न हजारौँ श्रद्धालु बिहान सबेरैदेखि मन्दिर पुगेका हुन् ।
पशुपति क्षेत्र विकास कोषका अनुसार दर्शनार्थीको सहज आवतजावतका लागि पशुपतिनाथ मन्दिरका चारैवटा प्रवेशद्वार खुला राखिएको छ । साथै ‘बोल बम’ यात्रामा सहभागी भक्तजनका लागि छुट्टै व्यवस्थासमेत मिलाइएको छ। दर्शन व्यवस्थापन सहज बनाउन चारवटा छुट्टाछुट्टै लाइन सञ्चालन गरिएको कोषले जनाएको छ ।
पशुपतिनाथसँगै गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर, वसन्तपुर दरबार क्षेत्रमा रहेको ‘सानो पशुपतिनाथ’का रूपमा परिचित मक्खन महादेवलगायत काठमाडौं उपत्यकाका विभिन्न शिव मन्दिरमा पनि बिहानदेखि नै दर्शनार्थीको लाम लागेको छ ।
श्रावण महिनाका सोमबार भगवान् शिवको पूजा–आराधनाका लागि विशेष शुभ मानिने धार्मिक विश्वासका कारण हरेक वर्ष यस अवधिमा देशभरका शिवालयमा भक्तजनको ठूलो उपस्थिति रहने गर्दछ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।