मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

साउनको अन्तिम सोमबार पशुपतिनाथमा भक्तजनको घुइँचो

साउनको अन्तिम सोमबार पशुपतिनाथमा भक्तजनको घुइँचो

मेगा खबर संवाददाता

२५, श्रावण २०८३
  • 115
    SHARES

  • साउनको अन्तिम सोमबार पशुपतिनाथमा भक्तजनको घुइँचो

    काठमाडौं, साउन महिनाको अन्तिम अर्थात् चौथो सोमबार आज बिहानैदेखि पशुपतिनाथ मन्दिरमा पूजा–आराधना र दर्शनका लागि श्रद्धालुको घुइँचो लागेको छ । बिहानैदेखि पानी परिरहे पनि भक्तजनको उत्साहमा कमी आएको छैन ।

    May be an image of one or more people and temple

    भक्तजनको सहजताका लागि पशुपतिनाथ मन्दिरका चारै ढोका बिहान ३ बजेदेखि नै खुला गरिएको छ । बोलबम यात्राका लागि सुन्दरीजलमा जम्मा भएर वाग्मतीको पवित्र जल ल्याएका श्रद्धालुले पशुपतिनाथमा जल चढाउन सकून् भनेर विशेष व्यवस्था मिलाइएको छ ।

    May be an image of one or more people and crowd

    दर्शनार्थीको सहजताका लागि सुरक्षा व्यवस्था, स्वयंसेवक परिचालन, दर्शन व्यवस्थापन, स्वास्थ्य शिविर, खानेपानीलगायतका आवश्यक प्रबन्ध मिलाइएको छ ।

    May be an image of one or more people and temple

    साउन महिना भगवान् शिवको प्रिय महिना र सोमबार शिवजीको बार भएकाले यस अवसरमा शिवालयहरूमा विशेष पूजा–आराधना गर्ने धार्मिक परम्परा छ । साउन महिनाभर पशुपतिनाथमा सुन्दरीजलबाट बोलबम यात्रा गरी जल चढाउने श्रद्धालुको समेत ठूलो भीड लाग्ने गरेको छ ।

    May be an image of temple

    May be an image of one or more people and temple

    आज काठमाडौं उपत्यकाका पशुपतिनाथसहित गोकर्णेश्वर, सन्तानेश्वर, डोलेश्वर, किरातेश्वर र भालेश्वरलगायतका शिवालयमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको छ  । त्यस्तै, काभ्रेपलाञ्चोकको साँगा, तनहुँको देवघाट, म्याग्दीको गलेश्वरलगायत देशभरका शिवालयमा श्रद्धालुले स्नान गरी महादेवको पूजा–आराधना गरिरहेका छन् ।

    May be an image of one or more people and temple

    सोमवार, श्रावण २५ २०८३१२:४९:२४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार