काठमाडौँ, नेपाली कांग्रेसका सभापति गगन थापाले राजनीतिमा सफलताको मापदण्ड सत्ता र पदलाई मात्र मान्न नहुने बताएका छन् ।
धर्म गौतमद्वारा लिखित ‘बीपी र विद्रोहका ती दिन’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै थापाले राजनीतिक जीवनको सफलता पदमा पुग्नुमा नभई नैतिक बल र योगदानमा निर्भर हुने बताए ।
उनले कांग्रेसलाई राष्ट्रिय शक्ति बनाउन कार्यकर्ताको त्याग र योगदानको सम्मान गर्नुपर्नेमा जोड दिए । थापाले धर्म गौतमको राजनीतिक जीवनलाई उदाहरण दिँदै पदमा नपुगे पनि उच्च नैतिक बल भएका व्यक्तिको राजनीतिक जीवन सफल हुन सक्ने बताए ।
थापाले बीपी कोइरालाले २०३३ सालमा अघि सारेको राष्ट्रिय एकता तथा मेलमिलापको नीति रणनीति मात्र नभई मूल्य र मान्यतामा आधारित रहेको उल्लेख गरे ।
उनले कांग्रेसले पनि बीपीकै आदर्श पछ्याउँदै नागरिक अधिकार, लोकतन्त्र र राष्ट्रियतालाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने बताए ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।