मंगलवार, आश्विन ६ २०८३Sep 22 2026

  • TRENDING NOW :

मुगुमा बिहानै दुई पटक भूकम्प, दुवैको केन्द्रबिन्दु कलाई आसपास

मुगुमा बिहानै दुई पटक भूकम्प, दुवैको केन्द्रबिन्दु कलाई आसपास

मेगा खबर संवाददाता

३१, भाद्र २०८३
  • 76
    SHARES

  • मुगुमा बिहानै दुई पटक भूकम्प, दुवैको केन्द्रबिन्दु कलाई आसपास

    काठमाडौं, मुगुमा बुधबार बिहानै दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार केही घण्टाको अन्तरमा कलाई आसपास केन्द्रबिन्दु बनाएर दुईवटा भूकम्प गएको हो।

    केन्द्रका अनुसार बिहान १ बजेर ५१ मिनेटमा ४.५ म्याग्निच्युडको भूकम्प गएको थियो। त्यसपछि बिहान ४ बजेर २८ मिनेटमा ४.२ म्याग्निच्युडको अर्को भूकम्प गएको हो।

    दुवै भूकम्पको केन्द्रबिन्दु मुगु जिल्लाको कलाई आसपास रहेको केन्द्रले जनाएको छ। लगातार दुई पटक भूकम्प गएपछि स्थानीयस्तरमा त्यसको धक्का महसुस गरिएको बताइएको छ।

    यसअघि गत साउन २६ गते पनि पश्चिम नेपालमा भूकम्प गएको थियो। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार त्यस दिन बिहान ९ बजेर ८ मिनेटमा जाजरकोटको कालसेनी आसपास केन्द्रबिन्दु बनाएर ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो।

    मुगुमा छोटो समयमै दुई पटक भूकम्प गएपछि भूकम्पीय गतिविधिबारे चासो बढेको छ। केन्द्रले पछिल्लो घटनाको विवरण सार्वजनिक गर्दै आएको छ।

    बुधवार, भाद्र ३१ २०८३०८:४१:४७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार